📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

बाँकेमा बाढी तथा डुबानबाट आठ हजार बढी घरधुरी पीडित

🕒 October 11, 2022

अविरल वर्षाद्का कारण बाँकेमा आठ हजार बढी घरधुरीमा बसोबास गर्ने जनता पीडित भएका छन् । जिल्लाका आठ स्थानीय तहका आठ हजार सात सय तीन घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्षरुपमा पीडित हुन पुगेको बाँके जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा धेरै राप्ती सोनारी गाउँपालिकामा तीन हजार ५००, नरैनापुर गाउँपालिकामा दुई हजार छ सय ९६, डुडुवा गाउँपालिकामा एक हजार नौ सय ५०, खजुरा गाउँपालिकामा दुई सय ४९, नेपालगञ्ज उपमहानगरपालिकामा दुई सय २०, बैजनाथ गाउँपालिकामा ५०, जानकी गाउँपालिकामा २० र कोहलपुर नगरपालिकामा १८ घरधुरी पीडित भएका छन् ।

बाढी तथा डुबानबाट आठ स्थानीय तहका एक सय ८१ घरधुरीमा पूर्ण क्षति र पाँच सय ९८ घरधुरीमा आंशिक क्षति हुनाका साथै एक हजार एक सय ४३ घरधुरी विस्थापित हुन पुगेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।

आठ स्थानीय तहका बाढी पीडित ३७ वडाबाट दुई हजार एक सय ३१ जनाको उद्धार गरिएको छ । राप्ती नदीमा आएको बाढीका कारण राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाको तल्लो तटीय क्षेत्रका जनता डुबानमा परेका छन् ।

उक्त गाउँपालिका– २ टिकुलीपुर गाउँका मात्रै चार सय ५० घरधुरीका मानिस विस्थापित भएको वडाध्यक्ष ज्ञानेन्द्र वलीले जानकारी दिनुभयो । बाढी पीडित स्थानीयवासीलाई जनकल्याण सामुदायिक भवनमा राखिएको छ । राप्तीमा पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।