शुक्रबार , बैसाख ५, २०८२
गोदावरी नगरपालिकामा डेङ्गु – News Nepal Media
Trend

गोदावरी नगरपालिकामा ज्वरो आएका चार सय ५० व्यक्तिमध्ये एक सय ३२ जनालाई डेङ्गु देखापरेको छ । गोदावरी नगरपालिका प्रमुख जनस्वास्थ्य अधिकृत लालबहादुर थापाका अनुसार उक्त नगरपालिकाको वडा नं ३, ११, १२, र १४मा डेङ्गुको बढी सङ्क्रमण बढी देखिएकाले नियन्त्रणका लागि विभिन्न किसिमका क्रियाकलाप अपनाउँदै आइएको छ ।

रेडक्रस, जनप्रतिनिधि, वडाका स्वास्थ्यचौकी, महिला स्वास्थ्य स्वयम्सेविका, विद्यालय र बुद्धिजीवीले घर, कार्यालय, उद्योग विद्यालय आदिमा पर्चा बाँड्ने, पानी जम्ने ठाउँमा सरसफाइ गर्नाका साथै सञ्चारमाध्यबाट जनचेतनासम्बन्धी गरिराखेको उहाँको भनाइ थियो ।

अहिले नगरपालिकामा डेङ्गुको सङ्क्रमण कम भए पनि सर्तक रहन अह्वान गरिएको र त्यसका लागि पारासिटामोललगायत औषधि पर्याप्त व्यवस्था गरिएको बताइएको छ । नेपालमा ३३ हजार ९७५मा डेङ्गु सङ्क्रमण भएकामा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP