📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

मोरङमा सुरक्षित आप्रवासी परियोजना प्रभावकारी

🕒 October 11, 2022

सुरक्षित वैदेशिक रोजगारका लागि सञ्चालित सुरक्षित आप्रवासी (सामी) परियोजनाले मोरङमा प्रभावकारी बन्दै गएको छ । परियोजनाले वैदेशिक रोजगारमा जानेलाई सही सूचना दिने, सहजीकरण गर्ने, विदेशमा अलपत्र परेका कामदारको उद्धार तथा म्यानपावर कम्पनी एवं एजेन्टबाट ठगीमा परेकालाई रकम फिर्ता गराउने जस्ता कामगर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको परियोजनाले विदेश जाने युवायुवतीलाई आवश्यक परामर्श दिनुका साथै आवश्यकपर्ने सीप सिक्न प्रोत्साहित गर्ने, विदेशमा गर्नुपर्ने कामका सम्बन्धमा म्यानपावरसँग आवश्यक जानकारी लिने जस्ता विषयमा सल्लाहसुझाव दिने गरेको छ ।

परियोजनाले गत आर्थिक वर्षमा विभिन्न म्यानपावर तथा एजेन्टबाट वैदेशिक रोजगारमा जाने कामदारबाट लिएको रु एक करोड बाह्र लाख दश हजार पाँच सय असुल उपरगरी पीडित पक्षलाई बुझाएको छ ।

यसैगरी परियोजनाले सोही वर्ष वैदेशिक रोजारमा जाने तीन हजार चार सय ९४ जना पुरुष र एक हजार एक सय आठ महिलालाई परामर्श दिएको छ । सोही अवधिमा कार्यालयमा दुई सय ८६ उजुरी दर्ता भएकामध्ये एक सय ८२ ठगिका, विदेशमा अलपत्र परेका र मृत्यु भएका एक सय चार रहेको परामर्सकर्ता सरोजकुमार खनालले जानकारी दिनुभयो ।

यस्तै परियोजनाले गत आर्थिक वर्षमा सहायता, मृत्यु पश्चात हुने बीमा, पाउने तलब सुविधा र बोनस जस्ता ७२ वटा उजुरीको समाधान गरी रु तीन करोड एक लाख ८९ हजार रकम असुल गरी सम्बन्धित पक्षलाई बुझाउन सफल भएकोे उहाँले बताउनुभयो । मलेसिया, साउदी, कुवेत, कतार लगायत विदेशमा काम गर्न जानका लागि दैनिक ६० जनाले परियोजनामार्फत परामर्श सेवा लिने गरेका छन् ।