📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

महिलामा पहिले दक्ष हुने अनि जागिर खाने सोच

🕒 October 11, 2022

मोरङको बूढीगङ्गा गाउँपालिकामा पहिलो पटक सञ्चालनमा ल्याइएको सूचना प्रविधि (आइटी) विषयको रोजगारमूलक औद्योगिक प्रशिक्षण तालिमका लागि पुरूषभन्दा महिला बढी उत्सुक देखिएका छन् ।

बूढीगङ्गा गाउँपालिका–३ को बाँसबारीमा रहेको श्री जनप्रिय माध्यमिक विद्यालयको प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम केन्द्रले तालिमका लागि छनोट कार्य सम्पन्न गरेको छ । असोज अन्तिमदेखि सुरू हुने तालिमको अवधि २४ महिना छ । चालिस सिटका लागि सञ्चालन गरिएको प्रवेश परीक्षामा ७० प्रतिशत महिला छनोट भएका छन् । छनोट भएका अधिकांश पिछडा, दलित र विपन्न महिला छन् ।

छनोट हुनुभएकी दुहबी–११ की सुजिता मण्डलले महिला शिक्षित हुँदै गएको र स्वतन्त्रतापूर्वक श्रम गरेर बाँच्न सक्षम भएको बताउनुभयो । उहाँले सीप सिकेर दक्ष बनी उद्योगमा जागिर खाँदा पारिश्रमिक बढी पाइने र काम गर्न पनि सजिलो हुने बताउनुभयो ।
बूढीगङ्गा–३ बस्ने अञ्जली खवासले तालिम लिएर काममा दक्ष हुनेलाई उद्योगमा जागिर खान सजिलो हुने भएकाले आफू पनि तालिममा सहभागी बन्ने बताउनुभयो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धन प्राप्त तालिम पूर्ण निःशुल्क छ । समाजमा रहेका गरिब, विपन्न, पिछडा समुदायको आर्थिक स्तरोन्नतिका लागि सञ्चालन गर्न लागिएको तालिममा प्रशिक्षार्थीका लागि खान र बस्नसमेतको व्यवस्था गरिएको

छ ।

नौ महिना सैद्धान्तिक कक्षा हुनेछ भने बाँकीको १५ महिना तोकिएको उद्योगमा गएर प्रयोगात्मक तालिम लिनु पर्नेछ । प्रयोगात्मक तालिममा प्रशिक्षार्थीले सम्बन्धित उद्योगबाट प्रोत्साहन भत्तासमेत पाउने व्यवस्था मिलाइएको छ ।
तालिमका संयोजक लवकुमार यादवले नेपाली दक्ष भए विदेशबाट उद्योगका लागि कामदार मगाउनु नपर्ने बताउनुभयो । उहाँले तालिमका लागि पुरूषभन्दा महिलामा बढी आकर्षण देखिएको
बताउनुभयो । यादवले सीप सिकेर आत्मनिर्भर बन्नेतर्फ महिलाउन्मुख बन्दै गएको जानकारी दिनुभयो ।