📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

बरेङ गाउँपालिकाका वडा सचिवविहीन

🕒 October 14, 2022

बागलुङको बरेङ गाउँपालिकाका सबै वडा कार्यालय वडा सचिवविहीन बनेका छन् । पाँच वडा रहेको बरेङ वडा सचिवविहीन पालिका बनेको छ ।

भौगोलिक हिसाबले दुर्गम पालिकामा गनिने बरेङका दरबन्दीअनुसारका वडा सचिव सरुवा भएपछि एक महिनादेखि सचिवविहीन बनेको हो । पाँचवटै वडाका वडा सचिव सरुवा भएर गइसकेका कारण पाँचवटै वडामा अन्य शाखाका कर्मचारी खटाएर काम गर्दै आएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

अहिले बरेङका पाँचवटै वडामा स्वास्थ्य, कृषि र पशु शाखाका कर्मचारीलाई वडा सचिवको काममा खटाइएको शर्माले जानकारी दिनुभयो । प्रशासन तर्फका वडा सचिव नहुँदा प्राविधिक कर्मचारी खटाउँदा समस्या भएको छ । “सवै वडा सचिव सरुवा भएर जानुभयो, अहिले वडा सचिवविहीन गाउँपालिका बनेको छ तर हामीले जनताको सेवालाई निरन्तरता दिन वडामै रहेका स्वास्थ्य, कृषि र पशु शाखाका प्राविधिक कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएका छौँ”, उहाँले भन्नुभयो ।

बरेङ गाउँपालिका–१ को कार्यालयमा स्वास्थ्यकर्मी, वडा नं २ को कार्यालयमा कृषि प्राविधिक, ३, ४ र ५ नं वडा कार्यालयमा पशु प्राविधिक सेवाका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले जानकारी दिनुभयो । उहाँले तिहारपछि दरबन्दीअनुसारका सचिव पदपूर्ति गर्ने बताउनुभयो । रानाका अनुसार तिहारपछि प्रशासनतर्फ पाँचौँ तहका चार कर्मचारी आउने भएकाले समस्या हुँदैन ।