📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

नाप नक्सालगायत विवरण पेश गर्ने कम

🕒 October 14, 2022

काठमाडौँ उपत्यका विकास प्राधिकरणले सार्वजनिक रुपमा प्रयोग भएका जग्गा एवं भवनको नाप नक्सालगायत कागजात पेश गर्न आह्वान गरेकामा निकै कमले मात्र यस्तो विवरण पेश गरेका छन् ।
प्राधिकरणले आगामी आइतबारभित्र नाप नक्सालगायत विवरण पेश गर्न सार्वजनिक सूचना प्रकाशित गरेकामा निकै कममात्र कागजात प्राप्त भएको सूचना अधिकारी सौरभ ढकालले राससलाई जानकारी दिनुभयो । प्राधिकरणले असोज २४ गते सूचना प्रकाशित गरी सात दिनभित्र काठमाडौँ उपत्यकाभित्रका सम्पूर्ण व्यापारिक भवन, संयुक्त आवास, सामूहिक आवास, शिक्षण संस्था, स्वास्थ्य संस्थालगायत सार्वजनिक रुपमा प्रयोग भइरहेका भवनका सम्बन्धित व्यक्तिलाई कागजात पेश गर्न निर्देशन दिएको थियो ।
विद्यालय, स्वास्थ्य संस्थालगायत सार्वजनिक निकाय जोखिमका भवनमा सञ्चालन भइरहेको गुनासा आएपछि प्राधिकरणले सूचना प्रकाशित गरी कागजात माग गरेको जनाएको छ । काठमाडौँ उपत्यका भूकम्पलगायत प्राकृतिक प्रकोपको जोखिममा रहेकाले सार्वजनिक भवनको अवस्था बुझ्न सूचना निकाली भवन एवं जग्गासँग सम्बन्धित विवरण माग गरिएको प्राधिकरणका प्रवक्ता नवराज प्याकुरेलले जानकारी दिनुभयो । आइतबारसम्म जति विवरण आउँछ त्यस आधारमा प्राधिकरणले थप निर्णय गर्ने जनाइएको छ ।
सार्वजनिक भवन एवं संरचनालाई सुरक्षित राख्न प्राधिकरणले यस्तो विवरण माग गरेको जनाइएको छ । पेश नगर्नेलाई के गर्ने भन्ने विषयमा पनि आइतबारपछि निर्णय गरिने जनाइएको छ।