📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्छ ः वरिष्ठ नेता पौडेल

🕒 October 16, 2022

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्ने बताउनुभएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा निर्वाचन लक्षित सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिले जितेमा जिल्लामा विकास योजना आउने बताउनुभयो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यसपटक जनताले आफ्नो मूल्याङ्कन गर्ने पौडेलको भनाइ थियो । पौडेलले कांग्रेसको नेतृत्वमा मात्रै विकास सम्भव रहेको बताउनुभयो ।

आफूहरुले अहिले राजनीति र विकासको लडाइँ गर्दै आएको बताउँदै पौडेलले भन्नुभयो, “हामीहरु अहिले दोहोरो लडाइँमा छौँ, लोकतन्त्रका लागि पनि लड्दै आएका छौँ, विकासका लागि पनि लड्दै आएका छौँ ।” अबको निर्वाचनमा कांग्रेसले जित्दा विकास योजनाले निरन्तरता पाउने उहाँको भनाइ थियो ।

“जनप्रतिनिधिले दुई थरी विकास गर्नुपर्ने अहिलेको आवश्यकता हो, राजनीतिको विकास र भौतिक विकास”, उहाँले भन्नुभयो, “हामीले सकेको विकासका काम गर्दै आएका छौँ ।” वरिष्ठ नेता पौडेलले गाउँगाउँमा खानेपानी, बाटो, विद्यालय, शिक्षा, स्वास्थ्य सेवा पुगेको र त्यसलाई निरन्तरता दिने योजनासहित आफूहरु लागिपरेको बताउनुभयो । गठबन्धन सरकार बनेपछि तनहुँमा दुई अर्बभन्दा बढीको बजेट आइसकेको उहाँले बताउनुभयो । बुद्धसिं मार्गलाई रु ४६ करोड, मादी मस्र्याङ्दी सडकलाई रु ४० करोडको बजेट आइसकेको भन्दै उहाँले भन्नुभयो, “केन्द्रमा पहुँच पुग्ने व्यक्तिले जित्दा जिल्लामा विकास योजना आउँछ ।”