📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

मकवानपुरमा ६७औँ प्रहरी दिवस

🕒 October 17, 2022

बागमती प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको ६७औँ प्रहरी दिवसका अवसरमा प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभयो । त्यसअवसरमा उपस्थित सबैले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए ।

मुलुकमा शान्तिसुरक्षा तथा सुव्यवस्था कायम राख्न प्रहरी प्रशासनको भूमिका अत्यन्तै महत्वपूर्ण भएको छ भन्दै मुख्यमन्त्री पाण्डेले नेपाली जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा संविधानको रक्षा गर्दै अघि बढ्नु सबैको दायित्व भएको बताउनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले यस प्रदेशमा प्रहरी प्रहरी ऐन ल्याइए पनि त्यसलाई लागू गर्न केही जटिलता पैदा भइरहेकाले सङ्घीय सरकारले त्यसलाई सहजीकरण गरिदिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी सेवाका अधिकृत, प्रहरीलाई सेवा पु¥याउने विभिन्न सङ्घसंस्था तथा निकायका प्रतिनिधि तथा प्रहरीका परिवारलगायतलाई सम्मान गरिएको थियो ।उक्त कार्यालयका प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, हेटौँडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँलगायत सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मीको उपस्थिति थियो ।