📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

वडास्तरमै मतदाता शिक्षा

🕒 November 2, 2022

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत घटाउन निर्वाचन आयोगले वडास्तरमै मतदाता शिक्षा कार्यक्रम गर्न लागेको छ ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै स्थानीय तहसँग समन्वय गरेर मतदाता शिक्षाका लागि वडास्तरमै कर्मचारी खटाउने तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताउनुभयो । “सबै स्थानीय तहबाट एक वडामा एक जना १० कक्षा उत्तीर्ण वा सोसरहको स्वाथ्यस्वयंसेविका खटाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “निर्वाचनका लागि सामग्री र जनशक्ति व्यवस्थापनमा समेत लागेका

छौँ ।” उहाँले निर्वाचनमा खटिने जनशक्तिको व्यवस्थापन र तालिमको व्यवस्थासमेत गरिन लागेको बताउनुभयो ।

मतदाता शिक्षा प्रभावकारी बनाउनका लागि स्थानीय तह, जिल्लास्थित सरकारी कार्यालय, गैरसरकारी संस्था, नागरिक समाज तथा सरोकारवालासँग समन्वय र सहकार्य गर्ने उहाँले बताउनुभयो । त्यसैगरी जिल्ला सुरक्षा समितिले पनि मतदानस्थलको भौतिक स्थितिको स्थलगत अनुगमन गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जिल्लाका सबै सुरक्षा निकायका प्रुमखले मतदानस्थलको स्थलगत अनुगमन गरेको बताउनुभयो ।

“मतगणनास्थल सुरक्षित छ कि छैन मतदानस्थलको भौतिक अवस्थाको अनुगमन गरेका छाँै”, उहाँले भन्नुभयो, “विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचनको सुरक्षा तयारी गरिएको छ त्यसैका लागि सुरक्षा निकायका सबै प्रमुखले स्थलगत अवलोकन गर्नुभएको छ ।” निर्वाचन नजिकिँदै गर्दा दलहरूले प्रचार–प्रसार तीव्र बनाएका छन् भने निवार्चन आयोग पनि निर्वाचनको तयारीमा जुटेको छ ।