📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

आज कुष्माण्डा नवमी पर्व

🕒 November 2, 2022

प्रत्येक वर्ष कार्तिक शुक्ल पक्ष नवमी तिथिका दिन मनाइने कुष्माण्डा नवमी पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

कार्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्नुहुनेछ । यो दिन अमला अथवा पिपलको विवाह गरिदियो भने धेरै पुण्य प्राप्त भएर जन्मान्तरसम्म नाश हुँदैन भन्ने विश्वास रहिआएको छ । यो दिन अमलाको बोटमा अमृत प्राप्त हुने भएकाले प्रत्येक व्यक्तिले अमलाको पूजा गर्नु राम्रो मानिन्छ । अमलाको पूजा गर्दा पूर्वाभिमुख भएर जल, चन्दन, अक्षता, फूल, आदिले पूजा–अर्चना गर्नुपर्छ । पूजा गरिसकेपछि पहेँलो धागोले अमलाको रूखको परिक्रमा गराइन्छ ।

आयुर्वेदिक औषधिका रूपमा उपयोग गरिने अमला अमृत मानिन्छ । त्रिफला चूर्ण बनाउँदा आवश्यक पर्ने तीन जडीबुटीमध्ये अमला एक हो । हर्रो, बर्रो र अमला मिलाएर बनाइने त्रिफला चूर्ण धेरै रोगको उपचारमा प्रयोग गरिने आयुर्वेदिक चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ ।

पद्मपुराणअनुसार कार्तिक शुक्ल नवमीको दिन द्वापर युगको आरम्भ भएको थियो । यसै दिन भगवान् विष्णुले कूष्माण्ड नाम गरेको दैत्यको वध गर्नुभएको हुनाले यो दिनलाई कूष्माण्ड नवमी भनिएको हो । कूष्माण्ड दैत्यको शरीरबाट कुभिन्डो उत्पन्न भएको हुनाले यो दिन कुभिन्डो दान गर्नाले अनन्त कोटी फल प्राप्त हुन्छ ।

आजको दिन कुभिन्डो, सुन, चाँदी, पहेँलो कपडा, तामाको भाँडामा तिल राखेर दान गर्ने मनुष्यले आफूले चिताएको फल प्राप्त गर्ने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । कुष्माण्डा नवमीका अवसरमा आज मकवानपुर जिल्लामा रहेको कुष्माण्डा सरोवरमा मेला लाग्ने गर्दछ ।