📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउछ ः डा महत

🕒 November 2, 2022

नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गर्नुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतले भन्नुभयो,“राजनीतिक दल मात्र होइन, नेपाली जनतालेसमेत कांग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन् । कांग्रेस सरकारमा भएकै समयमा विद्यालय, कलेज, सडक, विद्युत्, अस्पताल र एयरलायन्स व्यापक मात्रामा विस्तार भए, अब कांग्रेस गाउँका सडक बाह्रैमहिना सञ्चालन गर्ने योजनाका साथ अगाडि बढ्छ”, नेता महतले भन्नुभयो ।

अघिल्लो सरकारले फुस्रा आश्वासन मात्र दिएर काम केही नगरेको र कोभिडको समयमा समेत भ्याक्सिन छिटो ल्याउनुपर्नेमा कमिसनको चक्करमा लाग्दा जनताले समयमा भ्याक्सिन नपाएको नेता महतको आरोप थियो ।

पछिल्ला दिनमा अन्य पार्टीभन्दा कांग्रेस नै ठिक भनेर जनता कांग्रेसप्रति आकर्षित भएको उहाँको भनाइ थियो । संविधानको रक्षा, मानव अधिकार, व्यक्ति स्वतन्त्रता र लोकतन्त्रको संरक्षण कांग्रेसले मात्र गर्न सक्ने भनाइ उहाँको छ ।

देशैभरि पाँच दलीय गठबन्धनका उम्मेदवार उठेका र यो वा त्यो पार्टी नभनी ती उम्मेदवारलाई जिताउन सक्रिय रुपमा लाग्न कांग्रेसका नेता तथा कार्यकर्तालाई उहाँले आग्रहसमेत गर्नुभयो । “सबै पार्टीलाई सिट बाँड्दा कांग्रेसले सबै सिटमा उम्मेदवार उठाउने कुरा आएन, कांग्रेसभित्र एक से एक नेता उम्मेदवार हुन लायक छन्, अहिले टिकट पाइन भनेर असन्तुष्ट बन्न भएन”, नेता महतले भन्नुभयो,“म आफैको प्रत्यक्ष निर्वाचन लड्ने चाहाना हुँदाहुँदै लड्न पाइन् ।”

पाँच दलीय गठबन्धन राजनीतिक आवश्यकता भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “एक्लै चुनाव लडेर भन्दा गठबन्धनबाट लड्दा धेरै सिट जित्न सकिने भएकै कारण निर्वाचनमा पाँच दलीय गठबन्धन रोज्नु परेको हो ।” संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धन अगाडि बढेको उहाँको भनाइ थियो ।

प्राप्त उपलब्धिको रक्षा गर्दै यही संविधानलाई टेकेर समयको माग अनुसार संविधान संशोधन गर्ने कांग्रेसको लक्ष्य रहेको जानकारी पनि डा महतले दिनुभयो । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डीला सङ्ग्रौलाले निर्वाचनमा एक भोटले पनि ठूलो महत्व राख्ने हुँदा आगामी मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो । “काम गर्ने पार्टी कांग्रेस हो, तर जनतामाझ प्रचारप्रसार गर्न नसक्दा पछि परेका छौँ”, डा सङ्ग्रौलाले भन्नुभयो ।