नेपाली युवा उद्यमी मञ्चको पोखरा लोमान्थाङ मोटर ¥याली – News Nepal Media
Trend

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले पोखरा–लोमान्थाङ मार्गमा मोटर ¥याली आयोजना गरेको छ । कास्कीको पोखरादेखि चीन र नेपालको सिमाना कोरलासम्मको ¥याली आज पोखराबाट सुरु भएको हो ।

कात्तिक २० गतेसम्म हुने उक्त मोटर ¥यालीको नारा ‘आन्तरिक पर्यटनका लागि सबैसँगै’ रहेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी शाखा प्रमुख काशीराज भण्डारीले झण्डा हल्लाएर ¥याली उद्घाटन गर्दै सहभागी टोलीलाई बिदाइ पनि गर्नुभयो ।

कोरोनापछि थलिएको पर्यटन क्षेत्रलाई यस ¥यालीले माथि उकास्न सहयोग गर्ने प्रमुख उहाँले बताउनुभयो । यस कार्यक्रमले आपसी भाइचारा बढाउँदै आन्तरिक तथा बाह्य पर्यटनमा सहयोग पुग्ने प्रमुख भण्डारीको भनाइ थियो । भविष्यमा उद्योगको क्षेत्रमासमेत योगदान पु¥याउनसक्ने युवा उद्यमीले ¥याली आयोजना गर्नु नै हरेक क्षेत्रबाट महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

सातवटै प्रदेशका विभिन्न च्याप्टरका ६० भन्दाबढी सदस्य तथा युवा उद्यमी ¥यालीमा सहभागी छन् । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न मोटर ¥याली देशव्यापीरुपमा आयोजना गर्दै जाने नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष रितेश लामिछानेले जानकारी दिनुभयो । मञ्चले यसभन्दाअघि मेची महाकाली मोटर ¥याली गरिसकेको छ ।

स्थानीय संस्कृतिलाई प्रचारप्रसार गर्न यसले टेवा पु¥याउने नेपाली युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुयस मल्लले बताउनुभयो । यसबाट मुस्ताङको भौगोलिक अवस्था र संस्कृति बुझ्नाका साथै सबै च्याप्टरका पदाधिकारीबीच भेटघाट गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको र यसबाट गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा केही भए पनि राहत मिल्ने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP