📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

स्थानीयको सक्रियतामा ब्यूँतिँदै विद्यालय

🕒 November 4, 2022

गलकोट, १७ कात्तिक (रासस) : बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको निर्मल आधारभूत विद्यालयमा तीन वर्षअघि जम्मा १७ जना विद्यार्थी थिए । विद्यालयको खस्कँदो गुणस्तरका कारण अभिभावकहरु सन्तानलाई निजी विद्यालयमा पढाउन सुरु गरेसँगै विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दो क्रममा थियो ।

तर कोरोना महामारीको समयमा गाउँ फर्कनु भएका दीपेन्द्र खत्री विद्यालयको कमजोर अवस्था देखेर चिन्ता लाग्यो । उहाँ विद्यालय सुधारको योजनासहित अघि बढ्नुभयो । केही समयमै खत्री विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुनिनुभयो ।

अध्यक्ष भएसँगै खत्रीले अभिभावकलाई आकर्षित गर्नका लागि गुणस्तर बढाउन लाग्नुभयो । विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउनका लागि खत्रील सदरमुकाममा निजी विद्यालयमा अध्ययन गर्दै आएका आफ्ना तीन बालबच्चालाई फर्काएर सोही विद्यालयमा भर्ना गराउनुभयो ।

खत्रीको विद्यालय सुधारको अभियानमा स्थानीयले पनि साथ दिए । केही स्थानीयले सन्तान सरकारी विद्यालयमै फर्काए भने आर्थिक स्रोत पनि जुट्न थाल्यो ।

२०७७ सालमा काठेखोला गाउँपालिकाले विद्यालय गाभ्ने योजना अन्तर्गत जनसेवा प्राविका १२ जना विद्यार्थी भर्ना ग¥यो । विद्यालय गाभेपछि विद्यार्थीको संख्या २९ पुग्यो । गाभ्ने प्रक्रिया पूरा भएपछि स्थानीयमा आशा पलायो । क्रमशः स्थानीयहरुले सन्तान विद्यालयमा भर्ना गर्न थाले ।

२०१७ सालमा स्थापना भएको विद्यालयमा तीन वर्षमा २६ जना विद्यार्थी थपिएर ४३ पुगेका छन् । प्रधानध्यापक अबिराम थापाका अनुसार २०५२ सालमा हालसम्मकै सबैभन्दा बढी १०० विद्यार्थी पुगेका थिए । तर बसाइसराइ तथा निजी विद्यालयमा आकर्षण बढेसँगै विद्यार्थीको संख्या कम हुँदै गएको थियो ।

तीन वर्ष अघिसम्म बन्द हुने अवस्थामा पुगेको विद्यालय यतिबेला भने बलियो बन्दै गएको छ । हाल गौथली सामूदायिक विकास केन्द्र र धम्जा घर भई विभिन्न स्थानमा छरिनुभएका शिक्षाप्रेमीहरुले जुटाएको आर्थिक रकमबाट विद्यालयमा दुई शिक्षक नियुक्ति समेत गरिएको अध्यक्ष खत्रीले बताउनुभयो ।

अहिले विद्यालयमा एकदेखि पाँच कक्षासम्म तीन जना शिक्षकको दरबन्दी छ भने दुई जना राहत अनुदान र दुई शिक्षक स्थानीयको सक्रियतामा गरी सात जना शिक्षक तथा कर्मचारी नियुक्त गरिएको छ ।

कोरोना महामारीको समयमा विद्यालय सुधारको योजना निकै प्रभावकारी भएको र विद्यालयले पुरानै अवस्थामा ल्याउन सफल भएको प्रधानध्यापक थापाको भनाइ छ ।

हाल विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत रु १८ लाख लागतमा २ कोठे पक्की निर्माणधीन अवस्थामा छ । अपुग रकमका लागि गाउँपालिकासँग माग गरिएको विद्यालयले जानकारी दिएको छ ।

गौथली सामूदायिक विकास केन्द्रले विद्यालयलाई रु पाँच लाखको अक्षयकोष स्थापनाका लागि सहयोग गरेपछि स्थानीय क्लव, आमा समूह, भजन समूह, वन समूहलगायतबाट विद्यालयमा दुई शिक्षकलाई कोषको ब्याजबाटै तलब व्यवस्थापन गर्न पुग्ने गरी अक्षय कोषको व्यवस्था मिलाइएको केन्द्रका अध्यक्ष शिव भण्डारीले जानकारी दिनुभयो।