📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह

🕒 November 7, 2022

मोरङ लेटाङ्गका विद्यार्थीहरूले टेलिस्कोपको माध्यमबाट तारा, ग्रह र उपग्रह हेर्ने मौका पाएका छन् । लेटाङ्ग सेकेन्डरी बोर्डिङ्ग स्कुलले विद्यालय परिसरमा विद्यार्थीलाई उक्त अवसर प्रदान गरेको हो ।

कार्यक्रममा नेपाल एस्ट्रोनोमिकल सोसाइटीका प्रतिनिधि ओसन कट्टेल, उदीप पोखरेल र सोनु शर्माले विद्यार्थीलाई खगोलशास्त्रबारे जानकारी गराउनु भएको थियो । विद्यार्थीहरूले दिउँसो आकाशमा टेलिस्कोपको मद्दतबाट सूर्य र राति चन्द्रमा, वृहस्पति ग्रहका साथै शनिग्रह हेरेका

थिए ।

विद्यालयकी संयोजक मेलिसा निरौलाले कार्यक्रममा पाँच सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको जानकारी दिनुभयो । “पाठ्यपुस्तकमा भएका विषय बुझाउन विद्यार्थीलाई रचनात्मक अभ्यासमा सहभागी गराउनु खुसीको विषय हो”, निरौलाले भन्नुभयो ।

प्याब्सन लेटाङ अध्यक्ष कमल अधिकारीले विद्यालयले गरेको प्रयास सकारात्मक र राम्रो भएको बताउनुभयो । कार्यक्रममा लेटाङ्ग क्षेत्रका अन्य विद्यालयहरु अमर हर्ट मेमोरियल इङ्गलिस स्कुल, टेन्डर बर्ड बोर्डिङ्ग स्कुल, लेटाङ्ग ग्रीन भ्याली एकेडेमी, जाँते नमूना, पूर्वाञ्चल अल्मामेटर, मोरङ पाथिभरा इङ्गलिस स्कुल, पब्लिक सेन्ट्रल र लिटल फ्लावर्स, ग्यालेक्सी स्कुल तथा मिनरुवा सेकेन्डरी बोर्डिङ्ग स्कुलका विद्यार्थीहरु पनि सहभागी थिए ।