📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

टाँगेका निर्वाचन प्रचार सामग्री हटाइँदै

🕒 November 10, 2022

सप्तरीको राजबिराज नगरभित्र टाँगेका निर्वाचन प्रचार सामग्री आजदेखि हटाउन थालिएको छ ।

राजविराजस्थित गजेन्द्र चोकसहित नगरको विभिन्न क्षेत्रमा टाँगिएका ब्यानरले नगर नै कुरूप बनेको भन्दै सो सामग्री हटाइएका छन् । प्रहरीले निर्वाचन आचारसंहिता विपरीत नगरका विभिन्न ठाउँमा राजनीतिक दलले टाँगेका विभिन्न पार्टीका झण्डा, पोस्टर र ब्यानर हटाउन थालेको प्रहरी नायब उपरीक्षक नरेश सिँहले जानकारी दिनुभयो ।

निर्वाचन आचारसंहिता विपरीत राखेपछि स्थानीय प्रशासनले हटाउन थालिएको भन्दै भारतीय नम्बर प्लेटका गाडीमा उम्मेदवारले झण्डा लगाउन नपाउने प्रहरी नायव उपरीक्षक सिंहको भनाइ छ । नेपाली नम्बर प्लेटका सवारी साधनमा झण्डा मात्र लगाएर प्रचारप्रचार गर्ने पाउने व्यवस्था भएकाले भारतीय भाडाका गाडीमा झण्डा राखेको पाइएमा गाडी नियन्त्रणमा लिई आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।