📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

स्पाइन सर्जन नेपालको अध्यक्षमा डा बिजुक्छे

🕒 November 13, 2022

एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालको अध्यक्षमा डा विनोद बिजुक्छे निर्वाचित हुनुभएको छ ।

गए राति सम्पन्न आठौँ महाधिवेशन तथा निर्वाचनले डा बिजुक्छेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उहाँ यसअघि कार्यसमितिको उपाध्यक्ष हुनुहुन्थ्यो ।

एशोसिएशनको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा व्यापक पौडेल, महासचिवमा डा सुरज बज्राचार्य, उपमहासचिवमा डा ज्ञानेन्द्र शाह, कोषाध्यक्षमा डा राजेशकुमार चौधरी निर्वाचित हुनुभएको छ । यस्तै चार सदस्यमा डा दीपक काउछा, डा सुशील श्रेष्ठ, डा अनुप पोखरेल र डा सुवासचन्द्र झा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत डा गणेश गुरुङले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष डा बिजुक्छे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टरसमेत समेत हुनुहुन्छ । नेपालमा स्पाइन सर्जरीको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ मा स्थापना भएको उक्त एशोसिएशनमा हाल देशभरका ८१ स्पाइन डाक्टर सदस्य हुनुहुन्छ ।

उक्त एशोसिएशनले स्पाइन सर्जरी उत्तीर्ण विद्यार्थीलाई तालिम प्रदान गर्ने, विश्वका अन्य मुलुकका स्पाइन सर्जरीका सङ्घसंस्थासँगको सहकार्यमा नेपालका विभिन्न अस्पतालमा स्पाइन सर्जरीसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।