शुक्रबार , बैसाख ५, २०८२
निर्वाचनको सुरक्षा तयारी – News Nepal Media
Trend

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुरमा सुरक्षा तयारी पूरा भएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहाद्रपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

उहाँले भक्तपुरमा निर्वाचनका लागि दुई हजार दुई सय १८ सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनुभयो । यससँगै कमाण्ड, रिजर्भ र संयुक्त अनुगमन टोलीलागायत सम्पूर्ण सुरक्षाको तयारी पूरा भइसकेको उहाँले बताउनुभयो ।सबै मतदान अधिकृतलाई निर्वाचन सामग्रीसहित मतदानस्थलमा पठाउनेसमेत तयारी पूरा भएको प्रजिअ शर्माले बताउनुभयो । भक्तपुरमा ७६ मतदानस्थलमा दुई सय १९ मतदान केन्द्र छन । जिल्लामा कूल एक लाख ९२ हजार तीन सय ७२ मतदाता छन् । जसमध्ये क्षेत्र नं १ मा ४९ हजार आठ सय ३९ पुरुष र ५१ हजार चार सय २२ महिला गरी एक लाख एक हजार दुई सय ६१ मतदाता छन । क्षेत्र नं २ मा ४४ हजार आठ सय ४४ पुरुष, ४७ हजार ६२ महिला र ५ अन्य गरी जम्मा ९१ हजार एक सय ११ मतदाता छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP