शुक्रबार , बैसाख ५, २०८२
दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस – News Nepal Media
Trend

ताप्लेजुङको दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत मुख्य निर्वाचन कार्यालयसम्म ल्याउन निर्वाचन आयोगमा सिफारिस गरिएको छ । यातायातको पहुँच नपुगेको र सदरमुकामदेखि धेरै लामो दूरी हुने मतदान केन्द्रका मतपेटिका ल्याउन जिल्ला निर्वाचन व्यवस्थापन समितिले सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताउनुभयो ।

खनालका अनुसार फक्ताङलुङ गाउँपालिका—७ ओलाचुङगोला, याङ्मा, फक्ताङलुङ गाउँपालिका—६ घुन्सा र ग्याब्लाको मतपेटिका हेलिकप्टरमार्फत ल्याउन सिफारिस गरिएको छ ।

फक्ताङलुङ गाउँपालिका ६ स्थित घुन्सा आधारभूत विद्यालय मतदान केन्द्रमा एक सय ६९ र ग्याब्ला आधारभूत विद्यालय मतदान केन्द्रमा ६७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको
छ । ओलाङचुङगोलास्थित वडा कार्यालय मतदान केन्द्रमा दुई सय ८४ र याङ्मा आधारभूत विद्यालय मतदान केन्द्रमा ६१ मतदाता छन् । गत प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सो क्षेत्रका मतपेटिका हेलिकप्टरबाट फुङलिङ ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP