📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

काभ्रेपलाञ्चोकका स्थानीयलाई मतदाता शिक्षा

🕒 November 17, 2022

आसन्न निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले मतदाता शिक्षा कार्यक्रममा प्रभावकारी ढङ्गले सञ्चालन गरिरहेको छ । आयोगको निगारानीमा कात्तिक १८ देखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भइरहेको निर्वाचन अकिारी उमेश राईले जानकारी दिनुभयो ।

निर्वाचनको निष्ठा र औचित्य जोगाउँदै मर्यादितरुपमा निर्वाचन सम्पन्न गर्नका लागि घर-घरमा पुगी मतदातालाई शिक्षा दिइएको उहाँको भनाइ छ । विगतका निर्वाचनमा जस्तो मतबदर नहोस् र सबै मत गणनायोग्य बनाउने उद्देश्ये मतदाता शिक्षा कार्यक्रम लागू गरिएको उहाँको भनाइ

छ ।

जिल्लाका सबै स्थानमा स्थानीय स्वंयमसेविकाहरुको अग्रसरतामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । हाल जिल्लाका सबैजसो ठाउँमा नमूना मतदान भइसकेको र परिणाम सन्तोषजनक रहेको आयोगको भनाइ छ ।
स्थानीय स्रोतको परिचालनबाट सञ्चालित कार्यक्रमको अनुगमन स्थानीय तहले तोकेका निर्वाचन सम्पर्क व्यक्तिले गरिरहेका छन् । स्थानीय वडा सचिवको संयोजकत्वमा सञ्चालन भएको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी र फलदायी भएको रोशी गाउँपालिकाका निर्वाचन सम्पर्क व्यक्ति धनबीर तामाङले बताउनुभयो ।

निर्वाचन सफल बनाउन स्थानीय स्तरबाटै मतदाता शिक्षामा जोड दिइएको नवबुद्ध नगरपालिका वडा नम्बर २ का सचिव मुरारी सत्यालको भनाइ छ । साथै, भुम्लू गाउँपालिकामा भने मतदाता शिक्षा तूलनात्मक रुपमा कम प्रभावकारी भएको सम्पर्क व्यक्ति प्रेमकुमार पुरीले बताउनुभयो ।

“गाउँपालिकाका माझी समुदायका मतदातामा शैक्षिक अवस्था कमजोर हुँदा कार्यक्रम अपेक्षाकृत रुपमा प्रभावकारी हुन सकेको छैन”, उहाँले भन्नुभयो ।

जिल्लामा १३ वटा स्थानीय तह छन् । ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको जिल्लामा अधिकांश मानिसहरु कृषिमा आबद्ध छन् । दिउँसोको समयमा व्यक्तिहरु काममा हुने भएकाले बिहान र दिउँसोको समयमा घरदैलो गर्दै शिक्षा दिइरहेको तामाङको भनाइ छ ।

निर्वाचन आयोग काभ्रेका अनुसार जिल्लामा तीन लाख १० हजार ६३ मतदाता छन् । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि निर्वाचन हुँदैछ । आसन्न निर्वाचनमा ३१ वटा राजनीतिक दल तथा केही स्वतन्त्रहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लामा तीन सय ८९ मतदान केन्द्र रहनेछन् भने निर्वाचनमा तीन हजार एक सय १२ जना कर्मचारी खटाइने आयोगको भनाइ छ । प्रतिनिधिसभा र प्रदेश सभाका ६ पदका लागि दुई महिला र एक दलितसहित ६४ जना उम्मेदवार छन् ।