📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

मतदान अधिकृतहरुद्वारा सर्वदलीय बैठक

🕒 November 18, 2022

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा सबै तयारी पूरा भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

छवटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा कूल तीन सय छ मतदानस्थल र आठ सय ३९ मतदान केन्द्र रहेकामा ५० अतिसंवेदनशील र एक सय १४ वटा संवेदनशील मतदानस्थलमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

मतदानका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले छ हजार सात सय १२ कर्मचारी परिचालन गरेको छ । एक मतदान केन्द्रमा आठ कर्मचारी रहने उक्त कार्यालयका प्रवक्ता हेम बुढाथोकीले जानकारी दिनुभयो । मतदानमा चाहिने मतपत्रदेखि आवश्यक सामग्री केन्द्रमा पुगिसकेको छ ।

मोरङमा दुई वटा अस्थायी मतदान केन्द्र पनि स्थापना गरिएको छ । एक जिल्ला कारागारमा कैदीबन्दीका लागि र अर्को आदर्श पुस्तकालयमा मतदानमा नखटिने कर्मचारीका लागि कर्मचारी र कैदीबन्दीले समानुपातिकमा मात्र मत खसाल्न पाउने भएका छन् । मतदान केन्द्रमा खटिने मतदान अधिकृतले निर्वाचनलाई सहज एवं सरल बनाउन प्रत्येक मतदान केन्द्रमा सर्वदलीय बैठक गरिरहेको सूचना प्राप्त भएको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो ।

यसबाट निर्वाचन निष्पक्ष, धाँधलीरहित, विश्वसनीय, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास लिन सकिन्छ । मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर मत खसाल्ने वातावरण सिर्जना गर्न मतदान अधिकृतलाई प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलबाट निर्देशन पनि भइसकेको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो ।

अहिलेसम्म सबै मतदान केन्द्र वा मतदानस्थलमा शान्तिपूर्ण वातावरण रहेको र प्रत्येक मतदान केन्द्रमा खानेपानी, शौचालय, बिजुली, इन्टरनेटको व्यवस्था गर्नाका साथै मतदान अधिकृत बुथ निर्माणमा जुटेको बताइएको छ ।