📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

उपचारमा आर्थिक अभाव

🕒 November 29, 2022

हुम्लाको सिमकोट गाउँपालिका–२ निवासी उम्मपुरी बोहरालाई उपचारमा आर्थिक अभाव भएको छ । मस्तिष्काघातका काराण गम्भीर बिरामी पर्नुभएकी बोहराको उपचारमा आर्थिक अभाव भएको हो ।

उहाँको काठमाडौँ बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । मस्तिष्काघातका कारण उहाँको शरीरको दाहिने भाग चल्न छाडेको श्रीमान् चक्र बोहराले बताउनुभयो ।

यही मङ्सिर ५ गते गाउँ नजिकैको खेतमा गाईवस्तु चराउन जाँदा एक्कासि बेहोस भएको परिवारजनले बताएका हुन् । त्यसपछि उहाँको बोली नफुटेको र शरीरको दाहिने भाग चल्न छाडेको उहाँका छोरा सञ्जितले बताउनुभयो । आफन्तले सामान्य आर्थिक जोहो गरेर बिरामी काठमाडौँ पु¥याइए पनि अहिले उपचारमा आर्थिक समस्या भएको सञ्जितले बताउनुभयो ।

बिरामीका छोरा सञ्जितले भन्नुभयो, “उपचारमा दैनिक १५ देखि २० हजार खर्च भइरहेको छ, उपचार गर्न कति दिन लाग्छ, ठेगान छैन । उपचार खर्च अभाव छ ।” बिरामीलाई उपचारमा सहयोग गर्न आफन्तले आग्रह गरेका छन् ।