📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

विद्यार्थीको निःशुल्क स्वास्थ्यपरीक्षण हुने

🕒 December 5, 2022

टोखा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छ हजार पाँच सय ७५ विद्यार्थीको निःशुल्क स्वास्थ्यपरीक्षण गर्ने भएको छ । नगरपालिकाले उपप्रमुखसँग बालबालिका कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा १० सामुदायिक र तीन वैकल्पिक विद्यालयमा अध्ययनरत छ हजार पाँच सय ७५ विद्यार्थीलाई वर्षको एकपटक निःशुल्क स्वास्थ्यपरीक्षण गर्न लागेको हो ।

नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले उपप्रमुखसँग बालबालिका कार्यक्रमअन्तर्गत सबै सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई विद्यालयमै गएर निःशुल्क स्वास्थ्यपरीक्षण गर्न लागिएको राससलाई जानकारी दिनुभयो । “स्वास्थ्यपरीक्षण अन्तर्गत नाक, कान, घाँटी, दाँत, मुटु, प्रेसर, रगत समूहलगायतको परीक्षण गरिन्छ, परीक्षण गर्दा जटिल प्रकृतिको रोग देखिएमा अन्य अस्पतालमा सिफारिस गरिन्छ”, उहाँले भन्नुभयो । टोखाले उक्त कार्यक्रम सञ्चालन गर्न चालू आवमा रु २० लाख बजेट विनियोजन गरेको छ ।

टोखामा हाल बौडेश्वर मावि, झोर महाङ्काल मावि, सरस्वती मावि, चण्डेश्वरी मावि, जालुपा मावि, तिलिङ्गाटार मावि, धापासी मावि, मनोहर मावि, चुनदेवी आधारभूत विद्यालय र महादेव आधारभूत विद्यालय रहेका छन् । यस्तै, चेतना महिला वैकल्पिक विद्यालयु, बुद्ध नमूना वैकल्पिक विद्यालय र शुभश्री वैकल्पिक विद्यालय रहेका छन्