📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

काठमाडौँमा चिसो बढ्यो

🕒 December 12, 2022

काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार काठमाडाँैको न्यूनतम तापक्रम छ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ । हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले जनाएका छन् । मौसम सामान्यतया सफा नै रहने भएकाले दिउँसो भने घाम लाग्ने गरेको छ । आज पनि दिउँसोको मौसम सामान्यतया सफा नै रहने अनुमान रहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।