स्ववियुको चुनावी तयारीले विभिन्न क्याम्पसमा टात्यो माहोल – News Nepal Media
Trend

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको तयारी सुरु भएको छ। आगामी चैत ५ गते तय गरिएको स्ववियु निर्वाचनको लागि संगठनका विद्यार्थीहरुले धमाधम दर्ता भइरहेको छ। आज उक्त दर्ता गर्ने समय अपरान्ह ३ बजे तोकिएको जनाइएको छ।

आज विभिन्न क्याम्पसमा पुगेर चर्को नारासहित संगठनका विद्यार्थी चुनावी अभियानमा उत्रिएका हुन्। स्ववियुको अनुसार देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा चुनावी माहोल चलेको छ।

फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी-विरोध स्ववियू निर्वाचनको कार्यतालिका रहेको छ। यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिने तोकिएको छ ।

स्ववियू निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको जनाइएको छ।

यस्तै विद्यार्थी संगठनले फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP