📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

बैशाख १ गते चारै वटा चलचित्र प्रदर्शन हुँदै, प्रतिस्पर्धामा रहेका यी चलचित्र मध्ये कसले मार्ला फड्को??

🕒 April 4, 2023

आगामी वैशाख १ अर्थात नयाँ वर्षलाई लक्षित गर्दै चार वटै चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन ।

वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गर्दै प्रचारप्रसार भइरहेको छ ।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गरेका छन् जसमा आँचल शर्मा, आर्शिवाद क्षेत्री, केकी अधिकारीलगायतले अभिनय रहेको छ ।

प्रेमकथा कै निरन्तर अनुभूति गर्न पाइने निर्देशक आचार्यले बताए। उनले भने,’ दर्शककै मायाले छैटौँ शृङ्खलासम्म आइपुगेका छौँ । यसपटक द्वन्द्व पनि छ । समग्रमा मनोरञ्जनको प्याकेज तयार गरेका छौँ”।

सोही मितिमा अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र बिहे पास र जारी एकसाथ प्रदर्शन हुँदैछ । लिम्बुसमुदायको प्रेमकथालाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा रहेको निर्माण पक्षले जानकारी दिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको उक्त चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणी नेपाल, रेखा लिम्बुलगायतले अभिनय गरेका छन्।

यस्तै बैशाख १ मै प्रदर्शन हुने भनिएको अभिनेता राई अभिनित ‘बिहे पास’मा प्रकृति श्रेष्ठ, वृद्धि तामाङ, शिशिर वाङ्देललगायतले अभिनय गरेका छन् । प्रवेश पौडेलको निर्देशक रहेको चलचित्रमा बिहे गर्नको लागि सरकारी जागिर हुनुपर्छ भन्ने मान्यताको कथावस्तु रहेको छ । अभिनेता दयाहाङ राई भन्छन “निर्माण, प्रदर्शन स्वाभाविक प्रक्रिया हो । यसलाई त्यहिरूपमा हेर्नुपर्छ । हेरौँ आउने नतिजाले आगामी दिनलाई निर्णय गर्न सहज हुन्छ कि ?”,

यस्तैगरि सोहि मितिमा प्रदर्शनमा आउने चलचित्र ‘बुलाकी’ रहेको छ । कर्णालीको ग्रामीण जीवन, रितिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाईएको चलचित्रलाई विराज विष्टले निर्माण गरेका छन् । सुरक्षा पन्त, नरेन खड्कासँगै स्वयम् निर्माता विष्टको अभिनय रहेको छ।

नयाँ वर्षलाई लक्षित गर्दै चार चलचित्र प्रदर्शन हुनु सुखद् नरहेको वितरक करण श्रेष्ठले बताए। वितरक श्रेष्ठले भने, “एकसाथ यसरी चलचित्र प्रदर्शन हुनाले सबैलाई घाटा गर्छ । विदालाई लक्षित गर्दै दुईसम्म चलचित्र प्रदर्शन हुनु सामान्य मानिन्छ। यसबारे सम्बन्धित संस्थाले सोच्नै पर्छ ।”

यसरी बैशाख १ गते एकै साथ प्रदर्शनमा आउने यी चारै चलचित्र विच निकै ठुलो प्रतिस्पर्धा हुने देखिन्छ। यस्तो अवस्थाले चलचित्रमा ठुलो घाटा बेहोर्नु पर्ने वितरकहरुको भनाइ रहेको छ।