📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

कँडेललाई आत्महत्या गर्न दुरूत्साहन गर्नेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

🕒 May 4, 2023 ✍ न्युज नेपाल संबाददाता

पोल्ट्री व्यवसायी शंकर कँडेललाई आत्महत्या गर्न बाध्य पार्ने व्यक्तिहरूलाई पक्राउ गर्न माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।बिहीबार दिउँसो कांग्रेसका कार्यकर्ता तथा कँडेलका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए।
उनीहरूले पूर्व–पश्चिम राजमार्ग पनि अवरुद्ध पारेर प्रशासनविरूद्ध नाराबाजी गरेका छन्। कँडेल मंगलबार भरतपुर–३ बेलचोकस्थित आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए।

कोठामा भेटिएको सुसाइड नोटको आधारमा प्रदीप रुंगाटा र जीवन रावलविरूद्ध आत्महत्या दुरूत्साहनमा किटानी जाहेरी दर्ता गरेका छन्।
रुंगाटासहितका ८ जनाले कँडेलले स्थापना गरेको अनमोल फिड्सको ८५ प्रतिशत शेयर खरिद गरेका थिए। राउत उक्त कम्पनीका चार्टर एकाउण्टेन्ट हुन्। रुंगाटा र रावलले दिने गरेको तनाव सहन नसकेर कँडेल आत्महत्या गर्न विवश भएको उनका आफन्तहरू बताउँछन्।अनमोल फिड्सका सञ्चालक कँडेल पुराना पोल्ट्री व्यवसायी हुन्।

उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महासमिति सदस्य भएका थिए। त्यसअघि उनी जिल्ला कोषाध्यक्ष थिए। जिल्ला प्रहरी कार्यलयका प्रवक्ता डिएसपी विजयराज पंडितले किटानी जाहेरी परेका व्यक्तिहरूको खोजी भइरहेको बताए।

घटनाको जानकारी भएलगत्तै अनुसन्धान सुरू भएको प्रहरीले जनाएको छ।‘अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्,’ डिएसपी पण्डितले भने, ‘घटनाको विषयमा धेरै प्रचार भइरहेका कारण पनि किटानी जाहेरी परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिन समय लाग्नसक्छ।’