📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

नेपाल प्रहरीका १८ एसपी एसएसपीमा बढुवा (सूचीसहित)

🕒 May 8, 2023 ✍ न्युज नेपाल संबाददाता

काठमाडौं : गृह मन्त्रालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार १८ जना एसपीलाई एसएसपीमा बढुवा गरेको प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले जानकारी दिए।

जारी सूचनामा भनिएको छ, ‘नेपाल सरकार, गृह मन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को मिति २०८०/०१/२४ गतेको निर्णयानुसार देहायका जनपद प्रहरी समूह तर्फका प्रहरी उपरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा नियुक्ति गरिएको छ भनी श्री गृह मन्त्रालय, प्रहरी कर्मचारी प्रशासन शाखा, सिंहदरबारको च.न./प्र.प्र.टि. १३१ / ८६७, मिति २०८०/०१/२४ गतेको पत्र प्राप्त हुन आएको हुँदा सोही ब्यहोरा अभिलेखमा जनाई दिनुहुन अनुरोध गरिएको छ।’

एसपीबाट एसएसपीमा बढुवाको पहिलो नम्बरमा विश्व अधिकारी, दोस्रोमा भुपेन्द्रबहादुर खत्री, तेस्रोमा सानुराम भट्टराई रहेका छन्।
यसैगरी चिकित्सक तर्फका ३ एसपीलाई एसएसपीमा बढुवा गरिएको छ। जसमध्ये पहिलो नम्बरमा डा. संज्ञा मल्ल, दोस्रोमा डा. दिवा शर्मा र तेस्रोमा डा. आषिश दल छन्।

एसएसपीमा बढुवा सूची