📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

बिडिएस चौथो वर्षमा अध्ययनरत छात्राले गरिन् आत्महत्या

🕒 May 11, 2023 ✍ न्युज नेपाल संबाददाता

चितवन – आन्तरिक परीक्षा दिइरहेको बेला परीक्षा हलमा खटिएका शिक्षकले जबर्जस्ती मानसिक तनाव दिएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन् ।

चितवन मेडिकल कलेजमा बिडिएस चौथो वर्ष (पहिलो चरण) की विद्यार्थी पाल्पाको रामपुर नगरपालिका वडा नं–४ घर भई भरतपुर–१० मा डेरा गरी बस्ने २३ वर्षीया सिमरन थापाले बुधबार दिउँसो १ः३० बजे आत्महत्या गरेको चितवन प्रहरीले पुष्टि गरेको छ ।

उनले आफू सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आफू सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा छात्राको शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।