📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

मगरकोटको विद्यालय राजनितीक अखडा बन्दै । व्यवस्थापन समितिको अध्यक्ष हुन हानथाप

🕒 May 12, 2023 ✍ न्युज नेपाल संबाददाता

नवलपुरको कावासोती १० मगरकोटमा रहेको जनता माविमा चरम राजनिती भएको पाईको छ । जसको कारणले विद्यालय व्यस्थापन समितीले पुर्णता पाउन सकेको छैन् । समयमै विद्यालय व्यस्थापन समितीले पुर्णत नपाउदा यस शैक्षिक सत्रको भर्ना प्रक्रिया अभियानमै समस्या भएको र आफुहरुले चाहेजति बिद्यार्थी भर्ना गर्न नसकेको बिद्यालय स्रोतले जानकारी दियो ।

विद्यालय व्यस्थापन समितीमा चरम राजनिती भईरहेको आरोप लगाएर भर्ना गर्छु भनेका अभिबाबकले समेत बिद्यार्थी भर्ना नगरेको बिद्यालय स्रोतले बतायो । बिद्यालयको भौतिक निर्माण मजबुत र भेगगत सबैको पाईपर्ने ठाउमा बिद्यालय भएपनि राजनितीले बिद्यालयको शैक्षिक अबस्था खस्केको स्थानिय बताउछन् । हुदाहुदा यातायातको ब्यबस्था समेत बन्द गरेपछि टाढाबाट आउने बिद्यार्थीलाई अप्ठेरो हुनेभएपछि आफुहरुले महंगो शुल्क तिरेर निजी बिद्यालय पठाउन परेको एक अभिबाबकले बताए ।


तत्कालिन अध्यक्ष नारायण तिमिल्सीनाको कार्यकाल सकिएपछि गत फाल्गुन २५ गतेको भेलााले विद्यालय व्यस्थापन समिति गठनका लागी प्रत्यक्ष तर्फबाट ४ जना सदस्य चयन भएका छन् ।
शिक्षा ऐन र कावासोती नगरपालिकाको शिक्षा कार्यविधि अनुसार कावासोती विद्यालय व्यवस्थापन समितिमा प्रत्यक्ष अभिभावकबाट २ महिला, २ पुरुष, शिक्षक प्रतिनिधि १ जना, प्रधानाध्यापक सदस्य सचिव, वडा प्रतिनिधि १ जना सहित पछि मनोनित गरेको १ जना महिला र १ जना पुरुष गरी ९ जनाको समिति बन्ने प्रावधान रहेको छ ।


मनोनित गर्नु पर्ने २ वटा सदस्यमा अध्यक्ष पदका आकांक्षीहरु बढी भएपछि मनोनयनमा समस्या भएको विद्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार अध्यक्षका लागि नेकपा एमालेबाट निवर्तमान अध्यक्ष नारायण तिमिल्सिना, सीता पंगेनी र नेपाली काँग्रेसबाट कृष्ण अधिकारी आकांक्षी रहेका छन् । अध्यक्ष पदका आकांक्षी ३ जना नै प्रत्यक्ष अभिभावक भने होइनन् ।
खासगरी नेकपा एमालेबाट दुईजना अध्यक्षको आकाक्षीका कारण विद्यालय व्यस्थापन समिति गठन हुन नसकेको स्रोत बताउछ । निर्वतमान अध्यक्ष नारायण तिमिल्सीना पुन दोहोरिन चाहेका छन् भने नेकपा एमाले बाटै सिता पगेंनी समेत अकांक्षी देखीएपछि समितिले पुर्णता पाउन नसकेको स्रोत बताउछ ।


विद्यालयका प्रधानाध्यापक मनोजकुमार श्रेष्ठले समितिलाई पूर्णता दिन पटक पटक प्रयास थालिएको भए पनि सार्थकता पाउन सकेको छैन ।कावासोती नगरपालिकाको शिक्षा कार्यविधि अनुसार समितिका प्रत्यक्ष निर्वाचित सदस्य ४, वडा प्रतिनिधि र मनोनित सदस्य २ मध्ये कुनै १ लाई नगरपालिकाले अध्यक्षको रुपमा चयन गर्ने प्रावधान रहेको छ ।
कावासोती नगरपालिका ४० वटा समुदायिक विद्यालय रहेका छन् । अहिले नगरपालिकाले सदस्यहरुबाट अध्यक्ष तोक्ने गरी प्रावधान ल्याएर अभिभावकहरुलाई अध्यक्ष चयनबाट बन्चित गरेपछि विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष बन्नका लागि काँग्रेस र एमालेबीच खिचातानि हुने गरेको छ । अहिले कावासोतीका अधिकांश विद्यालयका अध्यक्ष विद्यालयका प्रत्यक्ष अभिभावक नरहेकाको हाली मुहाली रहेको छ ।