जेष्ठ २३ गते देखी ३० गतेसम्म किहुँमा कान्छीबजार मेला लाग्ने

राजु सुवेदी / गएका वर्षहरुमा जस्तै लाग्दै आएको कान्छीबजार मेला तनहुको भिमाद नगरपालिका वाडा नम्बर १ बडहरभञ्ज्याङ्गमा यसपाली जेष्ठ २३ गते देखी ३० गते सम्म लाग्ने भएको छ ।

लखनथापा मेलमिलाप युवा कल्बको आयोजना तथा बडहरभञ्ज्याङ्ग बजार ईकाई समितिको सह आयोजनामा सन्चालन हुन लागेको ८ दिने मेलामा बिभिन्न सांस्कृतीक कार्यक्रम , कौरा प्रतियोगिता तथा वडा स्तरिय सिनियर भलिबल प्रतियोगिता राखिएको कल्बका अध्यक्ष सन्तराम थापाले जानकारी दिए ।

आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्का साथ सन्चालन हुन लागेको मेला अन्तरगत २८ गते कौरा प्रतियोगिता हुने र प्रथम ,द्वित्तिय र तृतिय हुनेलाई क्रमशः ३० हजार , २० हजार र १० हजार प्रदान गरिने समाजसेवी निर्मल थापाले बताए ।

त्यसैगरि वडास्तरिय सिनियर भलिबल अन्तर्गत टिर्म दता ४ हजार ५ सय राखिएको र बिजेता प्रथम ,द्वित्तिय र तृतिय हुनेलाई क्रमशः ७० हजार , ४५ हजार र १० हजार शिल्ड र प्रमाणपत्र प्रदान गरिने बताईएको छ ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *