रातिदेखि बन्द मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास चल्दै – News Nepal Media
Trend

काठमाण्डाै – गएराति दुई बजेदेखि बन्द भएको मुग्लिन–नारायणगढ सडक खण्ड खुलाउने प्रयास भैरहेको छ । केहीबेरमा सडक खुलाउने गरी काम भैरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यो सडक खण्ड बिहीवारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको छ ।

हिजो दिनभर बन्द भएर बेलुकीदेखि खुले पनि तुइनखोला नजिकै पहिलेकै ठाउँमा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरोसँगै खसेको ढुङ्गाले लागेर एउटा ट्रक सडक छेउमा पल्टिएको छ । ट्रक नहटाउँदासम्म सडक एकतर्फी खुल्ने र ट्रक हटाएपछि मात्रै दुईतर्फी सञ्चालन हुने प्रहरीको भनाइ छ ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउँदा पनि जोखिम कायमै रहने भएकाले मुग्लिन–नारायणगढ सडक खण्डमा सावधानीपूवर्क गाडी चलाउन सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गर्दै आएको छ ।

दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने यो सडक खण्डमा गएको बिहीवारदेखि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । सडकमाथिको पहाड पूरै खस्ने जोखिम रहेकाले यात्रा असुरक्षित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP