📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

टमाटरको सुरक्षा गर्न पसलेले राखे बर्दिवाला बाउन्सर

🕒 July 10, 2023 ✍ न्युज नेपाल संबाददाता

भारतीय बजारमा टमाटरको मूल्य बढेको विषयमा विभिन्न बहस भइरहेका छन् ।

विभिन्न बहस र रोचक क्रियाकलापकाबीच वाराणसीको लंका क्षेत्रका एक तरकारी बिक्रेताले आफ्नो टमाटरको स्टक जोगाउन दुईवटा बाउन्सर तैनाथ गरेका छन् ।

यो अनौठो कदमबारे व्यापार अजय फौजीले भने, ‘बजारमा टमाटरको भाउ तपाइँलाई थाहा नै छ । टमाटरका लागि लडाइँ र लुटपाट भइरहेको छ। यस्ता घटना धेरै ठाउँमा भएका छन् । हामीले टमाटर अर्डर गरेका छौं ताकि यहाँ कुनै झगडा नहोस्, त्यसैले हामीले बाउन्सरहरू राखेका छौं।’

टमाटरको भाउ महँगो भएकाले टमाटर किन्दा मानिसबीच चर्काचर्की भएको खबर आइरहेको छ। आफ्नो पसलमा पनि धेरै झगडा हुन थालेपछि बाउन्सरहरू तैनाथ गर्ने निर्णय गरेको उनले बताएका छन् ।

यस महिनाको सुरुमा आफूले पसलमा सादा लुगामा बाउन्सर तैनाथ गरेको फौजीले बताए । तर टमाटर किन्न आएका ग्राहकले बढी बार्गेनिङ गर्न खोज्दा वर्दी लगाएका बाउन्सरहरू तैनाथ गरेका थिए।

अहिले भारतमा टमाटरको भाउ १ सय ६० रुपैयाँ किलोसम्म पुगेको छ । यस क्षेत्रमा चर्चाको बिषय बनेको यो घटना गराउने तरकारी बिक्रेता अजय फौजी समाजवादी पार्टीका कार्यकर्ता हुन् ।

गत हप्ता पार्टी अध्यक्ष अखिलेश यादवको जन्मदिनमा उनले टमाटर आकारको केक काटेर मानिसहरूलाई टमाटर बाँडेका थिए ।