📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

कावासोतीमा कोरा साइक्लिङ च्यालेन्ज हुँदै

🕒 July 13, 2023 ✍ न्युज नेपाल संबाददाता

कावासोती । नवलपुरको कावासोतीमा कोरा साइक्लिङ च्यालेन्ज हुने भएको छ । कावासोती साइक्लिङ ग्रुपको आयोजनामा यही असार ३० गतेका दिन कोरा साइक्लिङ च्यालेन्ज आयोजना गरिएको ग्रुपका अध्यक्ष अजय श्रेष्ठ –ज्योती)ले बताउनुभयो ।

कावासोती साइक्लिङ ग्रुपले आज कावासोतीमा पत्रकार सम्मेलन गरि असार ३० गतेका दिन कोरा साइक्लिङ च्यालेन्ज गर्न लागेको जानकारी गराएको छ । असार ३० गते बिहान कावासोती स्थित नर्मदेश्वर शिवालय मन्दिर परिसरबाट कार्यक्रम सुरु हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
५० किलोमिटरको यात्रा रहने कोरा साइक्लिङ च्यालेन्जमा सहभागीहरूले जिल्लाका तीनवटा स्थानीय तहलाई छुनेछन् ।

कावासोती हुँदै देवचुली छुँदै मध्यविन्दुका विभिन्न स्थान परिक्रमा गरि पुन ः कावासोती शिवालय मन्दिर परिसरमा आएर कार्यक्रम समापन हुने छ । स्वास्थ्यका लागि साईक्लिङ्गको महत्व बुझाउन, धार्मिक स्थलहरूको प्रचार र यहाँका पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्न कोरा साइक्लिङ च्यालेन्जगर्न लागिएको आयोजकले बताएको छ । उक्त कार्यक्रममा करिब १०० जना सम्म सहभागि हुन सक्ने आयोजकले बताएको छ ।