कावासोतीमा कोरा साइक्लिङ च्यालेन्ज हुँदै – News Nepal Media
Trend

कावासोती । नवलपुरको कावासोतीमा कोरा साइक्लिङ च्यालेन्ज हुने भएको छ । कावासोती साइक्लिङ ग्रुपको आयोजनामा यही असार ३० गतेका दिन कोरा साइक्लिङ च्यालेन्ज आयोजना गरिएको ग्रुपका अध्यक्ष अजय श्रेष्ठ –ज्योती)ले बताउनुभयो ।

कावासोती साइक्लिङ ग्रुपले आज कावासोतीमा पत्रकार सम्मेलन गरि असार ३० गतेका दिन कोरा साइक्लिङ च्यालेन्ज गर्न लागेको जानकारी गराएको छ । असार ३० गते बिहान कावासोती स्थित नर्मदेश्वर शिवालय मन्दिर परिसरबाट कार्यक्रम सुरु हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
५० किलोमिटरको यात्रा रहने कोरा साइक्लिङ च्यालेन्जमा सहभागीहरूले जिल्लाका तीनवटा स्थानीय तहलाई छुनेछन् ।

कावासोती हुँदै देवचुली छुँदै मध्यविन्दुका विभिन्न स्थान परिक्रमा गरि पुन ः कावासोती शिवालय मन्दिर परिसरमा आएर कार्यक्रम समापन हुने छ । स्वास्थ्यका लागि साईक्लिङ्गको महत्व बुझाउन, धार्मिक स्थलहरूको प्रचार र यहाँका पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्न कोरा साइक्लिङ च्यालेन्जगर्न लागिएको आयोजकले बताएको छ । उक्त कार्यक्रममा करिब १०० जना सम्म सहभागि हुन सक्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP