📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

भगवती पाण्डेको अभिब्यक्तिको बिरोध गर्दै गृहमन्त्रालयलाई महासंघको ज्ञापन पत्र

🕒 August 7, 2023 ✍ न्युज नेपाल संबाददाता

कावासोती । अधिवक्ता भगवती पाण्डेको अभिब्यक्तिको विरोधमा नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले विरोध जनाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत भगवती पाण्डेको अभिब्यक्ति प्रति नेपाल सरकारले कानुनी कारवाही गर्नुपर्नै माग गदै गृह मन्त्रालयलाई पत्र बुझाएको हो ।

पाण्डेको अधिवक्ताको अनुमती पत्र खारेज हुनुपर्ने, अन्तराष्ट्रिय समुदायको कालो सुचीमा राख्नुपर्ने महासंघको माग छ । काठमाण्डौ महानगरपालिका ११ बस्ने शितल भनिने अधिवक्ता भगवती पाण्डेले गत साउन ७ गते एक टेलिभिजन कार्यक्रममा तामाङ र मगर जातिमा दाजुबहिनी विचमा विवाह हुने गरेको आरोप लगाएकी थिइन् । त्यस्तो सम्वन्धबाट जन्मिएको बच्चा अपराधिक मानसिकताको हुने गरेको उनको आरोप थियो ।

सोही विषयलाई लिएर नेपाल आदिवसाी जनजाति नवलपुर, नेपाल तामांग घेदूंग, नेपाल मगर संघ लगायत जातीय संघ संस्थाक संयुक्त आयोजनामा जिल्ला प्रशासन कार्यालय नवलपुरमा १ घण्टा धर्ना कार्यक्रमसहित ज्ञापन पत्र बुझाएको हो ।

कावासोती २ देवीचोकदेखि जिल्लाका विभिन्न जातीय प्रतिनिधिहरुको सहभागितामा वृहत र्यालीसहित पाण्डेविरद्ध नारावाजी गर्दै आदिवासी जनजातीहरुले धर्ना दिएका थिए । धर्ना सहितको कोणसभा कार्यक्रममा नेपाल आदिवसाी जनजाति महासंघ नवलपुर अध्यक्ष राम कुमार श्रेष्ठ, नेपाल तामांग घेदुंग नवलपुर अध्यक्ष बावुलाल तामाङ, जिल्ला मगर संघ अध्यक्ष भुम बहादुर राई, थारु कल्याणकारी सभाका अध्यक्ष राम प्रसाद महत्तो, तमु ह्युल छोज धि जिल्ला अध्यक्ष जगतकाजी गुरुंग लगायतले धारणा राखेका थिए ।