आरम्भ कलेज भरतपुरमा होटल म्यानेजमेन्ट र आइटी म्यानेजमेन्टको पढाइ सुरु

भरतपुर, १ भदौ ।
स्वारोजगार बन्न सकिने गरी होेटल म्यानेजमेन्टको स्नातक तहमा भरतपुरमा नै पढाई हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा आरम्भ कलेजले होेटल म्यानेजमेन्टको (बिएचएम) र व्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (बिआइएम) पढाई सुरु गरेको हो
। कलेजले विद्यार्थी र अभिभावकहरुको मागलाई मध्यनजर गर्दैै अत्याधुनिक एचएम ल्याबसहित यहि शैक्षिकशत्रदेखि भर्ना सुरु गरेको कलेजका निर्देशक गुणराज दाहालले जानकारी दिए ।

एक करोड बत्तीस लाख बराबरको स्कलरसिपसहित यसै शैक्षिक सत्रदेखि संचालनमा आएको आरम्भ कलेजले संचालनको पहिलो वर्ष अफरस्वरुप स्कलरशिप घोषणा गरेको हो । यस कलेजमा १३२ सिट रहेको छ । पहिलो वर्ष सबै विद्यार्थीहरुलाई समानरुपले एकलाख बराबरको स्कलरशिप दिइन लागिएको हो ।

`यो विषय अहिलेको आवश्यकता हो, यसको अध्ययनले स्वारोजगार बन्न सकिन्छ´ कलेजका प्राचार्य सुरज सिवाकोटीले भने – `अरुको काम गर्ने भन्दा आफ्नै लगानीमा होटल खोल्न सकिन्छ । आफ्नो क्षमता अनुसार लगानी गरेर काम गर्न सकिन्छ । स्टार होटल, रिसोर्ट, क्याफे, रेस्टुरेन्ट, बार खोलेर काम गर्न सकिन्छ । यो क्षत्रमा यति नै कमाइ हुन्छ भन्ने छैन । स्वरोजगार हुने भएकाले आफ्नो लगानी अनुसार आम्दानी गर्न सकिन्छ । आफै होटल खोल्न नसके अरुकोमा काम गरेर कमाउन सकिने क्षेत्र हो ।´

कलेजका प्राचार्य सुरज सिवाकोटीका अनुसार काठमाडौंका केही स्थापित कलेजका संचालकहरुको लगानीमा करिब १२ कट्ठा क्षेत्रफलमा खोलिएको यस कलेजको आफ्नै दुईवटा भवन रहनेछन् भने कलेज परिसर भित्र फुटसल, स्विमिङ्ग पुल, बास्केटबल सभाहल समेत रहने छ ।

उच्च शिक्षा हासिल गर्नका लागि अत्यन्तै मोटो रकम खर्च गरेर घर बाहिर गई अध्ययन गर्नुपर्ने बाध्यतालाई हटाउनका लागि चितवनमा पहिलोपटक अत्याधुनिक होटल म्यानेजमेन्ट ल्याबसहित कक्षाहरु सिपयुक्त दक्ष नागरिक उत्पादन गर्ने उद्देश्य लिएको छ । स्वदेश तथा विदेशमा होटल म्यानेजमेन्टको माग तीव्र रुपमा भइरहेका बेला कलेजले होटल म्यानेजमेन्टकै लागि छुट्टै संरचना तयार पारेको छ ।

चितवन शैक्षिक टुरिजमको रुपमा विकास भइरहेका बेला भरतपुरमा व्यवस्थित र सुविधायुक्त संरचना बनाएर होटल म्यानेजमेन्ट विषयमा पढाई हुन थालेपछि बाहिरी जिल्लाबाट समेत विद्यार्थीहरु अध्ययनका लागि भरतपुर आउने क्रम बढ्दैछ ।कलेजकै सुविधा सम्पन्न भान्साको प्रयोग गर्दै कुकीङ, होटल म्यानेजमेन्टका मेजर विषयसहित अडियो भिजुअलसँगै सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु सञ्चालन हुने प्राचार्य सिवाकोटीले बताए ।उनले आफ्ना उत्पादनले जहाँ गएपनि सजिलै रोजगारी पाउन भन्ने उद्देश्यले कलेजले अडियो भिडियो कक्षासँगै बार, रेष्टुरेन्ट, बेकरी, हाउस किपिङ, फण्ट अफिसर र रिसेप्सनिष्टको लागि समेत छुट्टाछुट्टै प्रयोगशाला समेतको व्यवस्था गरेको बताए ।

`पढ्न रहर भएका योग्य र सक्षम केही विद्यार्थीलाई पढाइबाट बञ्चित हुनु नपरोस् भनेर योग्य र जेहेन्दार छात्रवृत्ति पनि दिने प्रभावकारी योजना ल्याएका छौँ । सबैले एकपटक कलेजमा आएर बुझ्न र आफ्नो सिट सुरक्षित गर्न अनुरोध गर्दछु´, प्राचार्य सिवाकोटीले भने ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *