📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

धार्मिक र सांस्कृतिक स्थल पुनस्थापना गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र पेश

🕒 September 5, 2023 ✍ न्युज नेपाल संबाददाता

नवलपुर । पूर्वी नवलपरासीको नमुना सदरमुकाम निर्माणका लागि डिपिआर गर्नु पूर्व बनेका धार्मिक तथा सांस्कृतिक स्थलहरु पुनस्थापना गर्न माग गर्दै मंगलबार नवलपुरका प्रमुख जिल्ला अधिकारीलाई सरोकारवालाहरुले ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले मंगलबार नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ नवलपुर, क्षेत्री समाज जिल्ला समिति नवलपुर, भुजेल समाज सेवा समिति नवलपुर र नेवाः देयः दबु नवलपुरको संयुक्त टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको क्षेत्री समाज नवलपुरका जिल्ला अध्यक्ष कोषराज कार्कीले बताए ।

टोलीमा नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, क्षेत्री समाज नवलपुरका जिल्ला अध्यक्ष कोषराज कार्की, भुजेल समाज सेवा समिति नवलपुरका अध्यक्ष रमिला भुजेल, नेवाः देय दबु नवलपुरका वरिष्ठ उपाध्यक्ष मित्रलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका उपाध्यक्ष रिमबहादुर दराई, देवनारायण चौधरी, सहसचिव नन्दा गुरुङ लगायतको टोली गएर ज्ञापन पत्र बुझाएको हो ।

नमुना सदरमुकाम बन्नु पूर्व नै अर्थात १७÷१८ बर्ष अघि बनेको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको संग्राहलय निर्माण स्थल, क्षेत्री समाज नवलपुरको प्रत्येक बर्ष बडा दशैंमा मौला पूजा गर्ने स्थल र भुजेल समाज सेवा समितिको धार्मिक स्थल भत्काइएको र मगर, गुरुङको गुम्बा र नेवारको गुठीमा थप संरचना निर्माण गर्न रोक लगाएको भन्दै त्यस्ता कार्य रोक्न र भत्काइएका धार्मिक तथा सांस्कृतिक स्थलहरु तत्तत् स्थानमा पुन स्थापना गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको भुजेल समाज सेवा समिति नवलपुरका अध्यक्ष रमिला भुजेलले जानकारी दिइन् ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले श्रेष्ठले यस विषयमा यहाँका राजनीतिक दलका प्रतिनिधिहरु र जनप्रतिनिधिहरुसँग बसेर छलफल गरेर विवाद टुंग्याउन आग्रह गरेका थिए । उनीहरुले आफ्नो माग तत्काल सम्बोद्धन नभए आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन् ।

यसैबीच नेपाल आदिवासी जनजाति महासंघ नवलपुर र क्षेत्री समाज नवलपुरको संयुक्त आयोजनामा आगामी मंगलबार अर्थात भदौ २६ गते कावासोतीमा सोही विषयलाई लिएर नवलपुरका राजनीतिक दलका प्रतिनिधि, सम्बन्धित निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि सभासदसँग बसेर अन्तरक्रिया गर्ने भएको छ ।