📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

कावासोतीमा नवलपुर महोत्सव शुरु, पर्यटन मन्त्रीले गरे महोत्सवको उद्घाटन

🕒 November 18, 2023 ✍ न्युज नेपाल संबाददाता

पूर्वी नवलपरासीको कावासोतीमा आजदेखि प्रथम नवलपुर मगर सास्कृतिक, पर्यटक, कृषि तथा व्यापारिक महोत्सव शुरु भएको छ । महोत्सव मंसिर ११ गतेसम्म चल्ने छ ।

महोत्सवको गण्डकी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री दिपेन्द्र बहादुर थापा मगरले गरेका छन् । महोत्सवमा संविधान सभा सदस्य जीवन श्रेष्ठ, गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री रोशनबहादुर गाहा, गण्डकी प्रदेश सभा सदस्य पदमा जिसी श्रेष्ठ, गण्डकी प्रदेश सभाका पूर्व सदस्य ओमकला गौतम, नेपाल मगर संघका केन्द्रिय सल्लाहाकार धनबहादुर मास्की राना, नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महोत्सवको उद्घाटन पूर्व कावासोतीको फूलफूल चोकबाट नगरपालिका लाइन, सभापति चोक, फलफूल चोक हुँदै महोत्सव स्थल दुबोर्ग खेल मैदानमा पुगेर सकिएको थियो । र्यालीमा विभिन्न जातजाति, स्थानीय संघ स्थान, लगायतको सहभागिता रहेको थियो ।

महोत्सवमा १ सय ५० वटा स्टलहरु रहेका छन् भने थारु मगर, गुरुङ लगायतका विभिन्न जातजातिको संस्कृति झल्कने घर, होटल आदि रहेका छन् । महोत्सवको उद्घाटन कार्यक्रमको सञ्चालन नेपाल मगर संघ नवलपुरका सचिव नम्सु सुनारी मगरले गरेका थिए भने कार्यक्रम नेपाल मगर संघ नवलपुरका अध्यक्ष भुम राई मगरको अध्यक्षतामा भएको थियो ।

महोत्सवमा मगरहरुको मौलिक नाच कौराहा नाच प्रतियोगिता राखिएको छ । कौराहा नाच प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ६० हजार र तृतीय हुनेले ४० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । प्रतियोगिता मंसिर ३ गतेबाट शुरु हुने छ । प्रतियोगितामा १० वटा समूह भन्दा बढीको सहभागिता रहने छ । महोत्सवको पहिलो दिन मगर समुदायको सोरठी नाच प्रदर्शन गरिएको थियो ।