📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

नवलपुरमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु अर्का एक गम्भिर घाईते ।

🕒 February 21, 2024 ✍ न्युज नेपाल संबाददाता

कावासोती । पूर्वी नवलपरासीमा गए राति भएको सवारी दुर्घटनामा १ जनाको निधन भएको छ ।

जिल्लाको हुप्सेकोट गाउँपालिका ३ बेलाहानी स्थित भित्री सडक खण्डमा झ्यालबासबाट गिरुवारीतर्फ जाँदै गरेको लु ३६ प ५४९७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा परी मृत्युहुनेमा मोटरसाईकल चालक हुप्सेकोट २ मोहन डाँडा बस्ने बर्ष २१ को पदम बहादुर बयम्बु रहेका छन्भने उक्त मोटरसाईकलका पछाडी सवार रहेका रहेका मोहन डाँडा कै बर्ष २२ को हिरा बहादुर आले गम्भिर घाईते भएका थिए । आलेलाई उपचारको लागी भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।