धाैवादी फुटट्रेल : ग्रेटवालकाे झल्काे मेट्ने गन्तव्य बन्दै – News Nepal Media
Trend

घनश्याम बगाले, कावासोती । पूर्वी नवलपरासीकाे हुप्सेकाेट ५ धाैवादीमा निर्माणाधिन फुटट्रेल ग्रेटवालकाे झल्काे मेट्ने गन्तव्य बनेकाे छ ।

पालिकाकाे महत्त्वपूर्ण याेजना फुटट्रेलबाट महाभारत पहाडका उच्च चुचुरा र पाैराणिक तथा धार्मिक महत्त्वका पाेखरीहरू एउटै पथमा जाेडिने गाउँ पालिका अध्यक्ष लक्ष्मीदेबी पाण्डेकाे भनाई छ ।
करिव ६ फुट चाैडाईकाे सव स्टक्चर सहित प्राकृतिक ढुङ्गा बिछ्यार निर्माण हुँदै गरेकाे फुट ट्रेल ३ किलाे मिटर लम्बाइकाे रहेकाे छ ।

संघीय बजेट शीर्षक अन्तर्गत १ कराेड ४३ लाखकाे ठेक्का सम्झाैतामा आँउदाे असार सम्म सक्ने गरी फुट ट्रेलकाे काम भई रहेकाे ईन्जिनियर बिनाेद अर्यालले बताए ।

पूर्व पश्चिम एसियन हाईवेबाट छाेटाे समयमै पुग्न सकिने याे क्षेत्र दक्षिणमा तराई र उत्तर हिमाली दृश्य अवलाेकनका लागि उत्तम ठाउँ मानिन्छ ।

गाेलपाेखरी क्षेत्र सेन वंशीय तथा प्राचिन राजा महाराजाहरूकाे मनाेरञ्जनात्मक भूमि भएकाे देवचुली डाँडा पर्यटन क्षेत्र बिकास समितिका अध्यक्ष बिद्राेही गिरी बताउँछन् ।

फुट ट्रेलसंगै साेही चाैडाईकाे एक्सपान्सन ब्रिजले गाेल पाेखरी स्थित शान्ति पार्क पूर्वकाे डाँडालाई जाेडेर हिमाली दृश्य नियाल्ने गाेलघर निर्माण गर्ने गाउँ पालिकाकाे याेजना रहेकाे छ ।
पुर्व पश्चिम महाभारत पहाडकाे पानी ढलाेलाई छिचोल्दै छिमेकी बाैदिकाली र पाल्पाकाे निस्दी सम्म फुटट्रेल बिस्तार हुँदा हाईकिङ्ग तथा प्राकृतिक दृश्य अवलोकनका लागि याे क्षेत्र आकर्षक पर्यटकीय केन्द्र बन्ने बताईन्छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँकाे देवचुली डाँडा,धाैवादीकाे हवाई पंखा,रूद्रपुरगढी अबलाेकन गर्दै लाहापे, चुलीबाेझाका गुरूङ्ग तथा मगर हाेमस्टेेमा रात बिताउने गर्दछन् ।

हुप्सेकाेट गाउँ पालिकाले फुटट्रेल निर्माण क्षेत्र पर्यटकीय स्थल धाैवादीमा नमुना एकीकृत बस्ती बिकास, राष्ट्रिय फूल लाली गुराँस संरक्षण जस्ता कार्यक्रम अघि बढाएकाे छ ।

यसै सम्बन्धमा सहरी बिकास तथा भवन बिभागका पूर्व उप महानिर्देशक बुद्धिशागर थापाका अनुसार पहाडी क्षेत्रमा पदमार्गकाे निर्माणले आन्तरिक पर्यटनकाे बिकासमा सघाउ पुग्ने छ ।

पर्यटकीय हिसाबले नेपालका फेवा, मार्दि, हिङ्कु, मनास्लु, कुलेखानी, लाङटाङ, पालुङ्वा, अन्नपूर्ण सर्किट,आईस, काठमाडौ एमटिबी लगायतका फुट ट्रेलहरू प्रसिद्धछन् ।

धाैवादी फुट ट्रेल जस्तै जिल्लाकाे देवचुली डाँडा,किर्तीपुर लगायतका क्षेत्रमा यस अघि बनेका र बन्दै गरेका पदमार्गले महाभारत डाँडा चड्ने साहसी पर्यटकलाई थप उत्साहित बनाएकाे कावासाेतीका दिपेन्द्र बस्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP