कावासोतीमा गैडाको आक्रमण बाट महिलाको मृत्यु

कावासोती । पुर्वी नवलपरासीको कावासोतीमा गैडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती १० मगरकोट की ९० वर्षिय जोगरीमाया महतो रहेकी छिन् ।

जिल्लाको कावासोती १० स्थित कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउन क्रममा गैडाले आक्रमण गरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

भेडा चराउन नजिकैको चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतको कृष्णसार मध्यवर्ती सामुदायिक बनमा दिउसो १ बजेतिर गैडाले हानेको र उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *