📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पदाधिकारी चयन गर्न नसकेपछि लम्बियो नेकपा एमाले नवलपुरको अधिवेशन

🕒 April 10, 2024 ✍ न्युज नेपाल संबाददाता

कावासोती । नेकपा एमाले नवलपुरको अधिवेशन थप एकदिन लम्बिएको छ ।

पदाधिकारीका आकांक्षी धेरै भएकोले पदाधिकारी चयन गर्न नसकेर एकदिन लम्बिएको हो । मुख्य ५ सदस्यीय पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा २ जना, उपाध्यक्षमा ३ जना, सचिवमा २ जना र २ सहसचिवका लागि ४ जना गरी ११ जनाको उम्मेदवारी परेको हो ।

१ अध्यक्ष पदका लागि संविधान सभा सदस्य जीवन श्रेष्ठ र हुमनाथ जैसीको उम्मेदवारी परेको छ । त्यसो त पदाधिकारीमा सहमति भइसकेकोले सदस्य पदहरुमा मात्र उम्मेदवारी दिनु भनेर मनोनयन खुल्ला गरे पनि पदाधिकारीमा पनि उम्मेदवारी परेको हो । त्यसैगरी १ उपाध्यक्ष पदका लागि यमुनाथ आचार्य, रोशन थापा र भोजबहादुर चौधरी गरी ३ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी १ सचिव पदका लागि सचिवमा भीम कँडेल र भुपेन्द्र खनालको उम्मेदवारी परेको छ ।

१ पुरुष उपसचिवका लागि षडानन्द लामिछाने, मदन गिरी र रिम बहादुर आलेको उम्मेदवारी परेको छ भने पदाधिकारीमा मध्ये १ जना महिला अनिवार्य गरिएकोमा उपसचिवमा कल्पना देवकोटाको एकल उम्मेदवारी परेको छ । यस अघि अध्यक्ष पदमा जीवन श्रेष्ठ र मुक्तिराम पाण्डेबीच प्रतिष्पर्धा हुने चर्चा रहे पनि पाण्डेले श्रेष्ठलाई समर्थन गर्ने भएका छन् ।

बढीमा १ सय ५ सदस्यीय जिल्ला कमिटि बनाइनेमा सदस्य पदका लागि ४ सय भन्दा बढीको उम्मेदवारी परेको बताइएको छ । अधिवेशनमा ७ सय ५१ जना प्रतिनिधि सहभागी छन् । हिजो सकिने भनिएको अधिवेशन कम्तिमा आजसम्म लम्बिने भएको छ ।