चैते पुर्णिामाको अवसरमा डेढगाउँ अकलादेवी कप भलिबल प्रतियोगिता हुँदै

कावासोती । चैते पुर्णिमाको अवसरमा बौदीकाली-२ डेढगाउँमा चैते पुर्णिमा मेला तथा डेढगाउँ अकलादेवी कप भलिबल प्रतियोगिता हुने भएको छ ।

बौदीकाली-२ डेढगाउँमा रहेको अकला देवि मन्दिर तथा अकला गुफा संरक्षण व्यवस्थापन समितिको आयोजनामा यहि वैशाख ११ गते देखि १४ गते सम्म मेला तथा भलिबल प्रतियोगिता हुने भएको हो ।

वैशाख १४ गते सम्म चल्ने मेला तथा प्रतियोगितामा पालिका स्तरीय भलिबल प्रतियोगिता सँगै स्थानीय कलाकार प्रस्तुति रहने शुक्रबार डेढगाउँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अकला देवि मन्दिर तथा अकला गुफा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष टंक पुलामीले जानकारी दिए ।

नवलपुर, तनहुँ, स्याङजा, पाल्पा र बाग्लुङ जिल्लाका विभिन्न पालिकाबाट १० भन्दा धेरै टिमले भाग लिने प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५० हजार र द्वितीय पुरस्कार ७५ हजार रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

त्यसै गरि प्रतियोगिताको सेमिफाइनल पुग्ने अन्य दुई टिमलाई २०/२० हजार, उत्कृष्ट खेलाडीलाई ८ हजार तथा उत्कृष्ट स्पाईकर, बलकर, सेटर, लिबेरो र प्रशिक्षकलाई जनही ५ हजारको दरले पुरस्कार राशी राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्ला भलिबल संघको प्राविधिक सहयोग रहने छ भने जिल्ला खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता सन्चालन हुने जनाईएको छ ।

नवलपुरको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको रुपमा रहेको अकलादेवी देवी मन्दिरमा हरेक वर्ष चैते पुर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ । मेला सँगै विगतका वर्षहरुमा झै यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गरिएको बताउदै समितिका सचिव श्याम श्रेष्ठले यस वर्ष मेला सँगसँगै आयोजना गरिएको भलिबल प्रतियोगिता थप रोचक र प्रतिस्पर्धात्मक हुने जानकारी दिए ।

कालिगण्डकी करिडोरसँगै रहेको अकलादेवी मन्दिरमा हरेक वर्ष चैते पूर्णीमाका दिन धार्मिक मेला लाग्ने गर्दछ । नवलपुर सहित छिमेकि जिल्लाहरु तनहुँ, स्याङ्जा, पाल्पा, चितवन, गुल्मी, कास्की सहित देशका अन्य भागबाट समेत भक्तजनहरु मनोकामना पुरा हुने मान्यताले पुजाअर्चनाका लागि अकलादेवी मन्दिर आउने गर्दछन् ।

भलिबल प्रतियोगिता सँगै आयोजना गरिएको मेलामा स्थानीय उत्पादनको बिक्रीवितरण तथा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने सचिब श्रेष्ठले बताए । उनका अनुसार मेला तथा भलिबल प्रतियोगिताका लागि विभिन्न उपसमितिहरु बनाएर काम अगाडी बढाईएको छ ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *