📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

नवलपुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला, हत्या आशंका

🕒 April 29, 2024 ✍ न्युज नेपाल संबाददाता

रामकुमार श्रेष्ठ — नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १२ बेलहानीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार अन्दाजी ६०÷६५ बर्षीय श्रीमान तुलबहादुर कुमाल र अन्दाजी ५०÷५५ बर्षीया मिना कुमाल मृत अवस्थामा आफ्नै घरमा भेटिएका छन् ।

स्थानीय बासिन्दाका अनुसार कुमालको बन्दै गरेको नयाँ घर बनाउन आउने कामदारहरुले घरका मान्छे आज किन अबेरसम्म उठेन भनेर खोजिनिति गर्दा दुवै जना मृत अवस्थामा फेला परेका हुन् । तुलबहादुर कुमाल राति साढे ८ बजेसम्म छिमेकीहरुसँग गफ गरिरहेको स्थानीयले बताएका छन् ।

श्रीमती मिना कुमालको टाउकामा चोट लागेको छ भने श्रीमान तुलबहादुर कुमाल झुण्डिएको अवस्थामा भेटिएका छन् ।

प्रहरीले हत्याको आशंका गरेको छ । घरमा अन्य आफन्त कोही नभएको र घटना स्थलमा अहिले प्रहरीले मुचुल्का तयार पार्दै गरेकोले अहिले नै घटनाको बारेमा केही भन्न नसकिने प्रहरी निरीक्षक कमल परियारले बताए ।

स्थानीयले भने श्रीमातले श्रीमतीको हत्या गरी आफू पनि झुण्डिएर आत्महत्या गरेको आशंका गरेको छ । यस अघि पनि श्रीमान श्रीमतीबीच बेलाबेलामा झगडा हुने गरेको स्थानीयले बताएका छन् ।