सोमबार , बैसाख ८, २०८२
नवलपुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला, हत्या आशंका – News Nepal Media
Trend

रामकुमार श्रेष्ठ — नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १२ बेलहानीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार अन्दाजी ६०÷६५ बर्षीय श्रीमान तुलबहादुर कुमाल र अन्दाजी ५०÷५५ बर्षीया मिना कुमाल मृत अवस्थामा आफ्नै घरमा भेटिएका छन् ।

स्थानीय बासिन्दाका अनुसार कुमालको बन्दै गरेको नयाँ घर बनाउन आउने कामदारहरुले घरका मान्छे आज किन अबेरसम्म उठेन भनेर खोजिनिति गर्दा दुवै जना मृत अवस्थामा फेला परेका हुन् । तुलबहादुर कुमाल राति साढे ८ बजेसम्म छिमेकीहरुसँग गफ गरिरहेको स्थानीयले बताएका छन् ।

श्रीमती मिना कुमालको टाउकामा चोट लागेको छ भने श्रीमान तुलबहादुर कुमाल झुण्डिएको अवस्थामा भेटिएका छन् ।

प्रहरीले हत्याको आशंका गरेको छ । घरमा अन्य आफन्त कोही नभएको र घटना स्थलमा अहिले प्रहरीले मुचुल्का तयार पार्दै गरेकोले अहिले नै घटनाको बारेमा केही भन्न नसकिने प्रहरी निरीक्षक कमल परियारले बताए ।

स्थानीयले भने श्रीमातले श्रीमतीको हत्या गरी आफू पनि झुण्डिएर आत्महत्या गरेको आशंका गरेको छ । यस अघि पनि श्रीमान श्रीमतीबीच बेलाबेलामा झगडा हुने गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP