📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

बिदेशमा रहेका युवाहरुको परिबारका महिला दिदिबहिनीको लागी एक महिने ब्युटीसियन तालिम नवलपुरको गैंडाकोटमा सुरु

🕒 May 2, 2024 ✍ न्युज नेपाल संबाददाता

वैदेशिक रोजगारिमा रहेका परिवारका महिला दिदिबहिनिहरुको उद्यमशिलता विकासका लागी एक महिने ब्युटिसियन तालिम गैंडाकोटमा सुरु भएको छ ।

रिटर्नि माइग्रेन्ट नेपालको आयोजनामा तथा गैंडाकोट नगरपालिका को सहकार्य र राष्ट्रिय युवा परिषद सानोठिमि भक्तपुरको समन्वयमा एक महिने बेसिक ब्युटिसियन तालिमको उद्घाटन बुधबार गैडाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रत्न प्रसाद सापकोटले गर्नुभयो ।

गैंडाकोट ५ मा रहेको थ्रिस्टार प्रशिक्षण केन्द्रमा पालिका भित्रका करिब २२ जना महिला दिदिबहिनीको सहाभागिता रहेको रिटर्नि माइग्रेट नेपाल गण्डकी प्रदेश संयोजक नेत्र नारायण थनेतले जानकारी दिनु भयो । गैडाकोट नगरपालिका वडा न ५ का वडा अध्यक्ष रत्न प्रसाद सापकोटले उद्घाटन गर्नुहुदै उद्यम सुरु गर्नुभन्दा पहिला उद्यमशिलता तालिम निकैनै अपरिहार्य रहेको र केही गर्छु सिकेर अगाडी बड्छु भन्नेका लागी यस्ता तालिम निकै फलदायी हुने बताउनु भयो ।

गएको महिना जिल्लाकै मध्यविन्दु नगरपालिका र कावासोती नगरपालिकामा पनि यस्तै तालिम सुरु गरिएको र अब छिट्टै देबचुली नगरपालिकामा पनि सुरु हुने प्रदेश संयोजक नेत्र नारायण थनेतले जानकारी दिनुभयो । उहाले सहभागीले बिचैमा तालिम नछाड्न आग्रह गर्दै उद्यम गर्न चाहानेलाई संस्थाले २ लाख देखी ५ लाख सम्म सहुलियत कर्जा प्रदान गरिने पनि जानकारी दिनुभएको थियो । श्रीमतीले केही उद्यम सिकेर छोराछोरीको खर्चमात्रै पनि धान्न सके बैदशिक रोजगारमा गएकाले कमाएको बचाउन मद्यत हुने भन्दै आफुले यस्तो तालिम ल्याएको कार्यक्रमको अध्यक्षता गर्नु भएको रिर्टनी माईग्रेन्ट नेपाल नवलपुरका अध्यक्ष रेशम खत्रीले बताउनु भएको थियो ।


गैंडाकोट ५ को थ्रि स्टार प्रशिक्षण केन्द्रमा सूरु भएको तालिमको प्रशिक्षक सृजना सोती रहनुभएको छ भने कार्यक्रमको सहजीकरण माईग्रेन्ट नेपाल नवलपुरका सचिब प्रमेश्वर महतोले गर्नु भएको थियो । २०७५ सालमा बैदेशिक रोजगारमा गएर फर्केका ब्याक्तीहरु मिलेर गठन भएको संस्था हाल ४५ जिल्लामा सक्रिय रहेको छ । संस्थाले युवालाई उद्यम बनाउन बिभिन्न प्रशिक्षणका साथै बिदेशमा आर्जित शिप नेपालमा प्रयोगमा ल्याउन सौहिलियत कर्जा समेत उपल्बध गराउदै आएको छ ।