कावासोती खानेपानीद्वारा १० वटा विद्यालयलाई १/१ लाखको अक्षयकोष सहयोग – News Nepal Media
Trend

नवलपुर । नवलपुरको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो कार्यक्षेत्र भित्र रहेका १० वटा सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

प्रत्येक विद्यालयलाई १/१ लाखको दरले छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि १० वटा विद्यालयलाई १० लाख रुपैयाँ सहयोग गरेको हो । उक्त सहयोग रकम बराबरको चेक शुक्रबार कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु प्रसाद भुसालद्वारा सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

कावासोती खानेपानीको सामाजिक उत्तरदायित्व अन्तरगत १० वटा विद्यालयलाई उक्त रकम हस्तान्तरण गरिएको कावासोती खानेपानीका अध्यक्ष दिपकराज लम्सालले बताए । उनले सामुदायिक विद्यालयहरुलाई खानेपानी महसुलमा ५० प्रतिशत छुट प्रदान गरेकोले बर्षभरी आफूले तिरेको बिलबाट ५० प्रतिशत रकम फिर्ता पाउने प्रावधान गरिएको उनले बताए ।

रकम हस्तान्तरण कार्यक्रममा कावासोती नगरपालिकाका वडाध्यक्षहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिको सहभागिता रहेको थियो । – रामकुमार श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP