📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

🕒 June 6, 2024 ✍ न्युज नेपाल संबाददाता

कावासोती | नवलपुर सेवा समाज युएईले नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाख रुपियाको अक्षयकोष स्थापना गरेको छ । हाल बैदेशिक रोजगारीको सिलसिलामा युएई रहेका नवलपुरका ब्याक्ति मिलेर गठन गरेको संस्थाले शिक्षा क्षेत्रलाई विषेश ध्यान दिँदै गरिब एवम् जेहेनदार बिद्यार्थीको सहयोगार्थ हरेक स्कुलमा ३० हजारको दरले तिन लाखको अक्षयकोष स्थापना गरिएको नवलपुर सेवा समाज युएईका प्रथम उपाध्यक्ष बिष्णु अधिकारीले जानकारी दिनुभयो ।

संस्थाले लिएको उदेश्य अनुरुप बुधबार मध्यविन्दु नगरपालिका वडा नम्बर १५ भिठ्ठामा रहेको धुर्वतारा आधारभुत बिद्यालयलाई ३० हजारको अक्षयकोष हस्तान्तरण गरिएको छ । अहिलेसम्म कुनै अक्षयकोष स्थापना नभएको आफ्नो विद्यालयमा अक्षयकोष स्थापना गरेकोमा धन्यवाद दिदै बिदेशमा रहेका नेपालीले एक एक रुपिया जम्मा गरेर विद्यालयका बालबालिकाको शिक्षाकालागी हस्तान्त्रण गरिएको अक्षयकोषको सहि सदुपयोग हुने विद्यालय व्यावस्थापन समितिका अध्यक्ष होम वहादुर गुरुङ्गले बताउनु भयो ।

दलित बस्तीको माझमा रहेको विद्यालय नजिकै खोला हुनु र खोलामा पुल नहुदा निकैनै अप्ठ्यारो अबस्थामा रहेको विद्यालयलाई केही राहात हुने ठानेर उक्त विद्यालयलाई अक्षयकोषका लागी चयन गरिएको उपाध्यक्ष अधिकारीले बताउनुभयो । नवलपुर सेवा समाज युएई नवलपुर स्थाई घर भई हाल वैदेशिक रोजगारको शिलशिलामा युईएमा रहेका नेपाली एकत्रित भएर खोलिएको संस्था हो ।

संस्थाले नवलपुर जिल्लाभरिका सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको सल्लाहाकार बेद प्रसाद अर्यालले जानकारी दिनुभयो । भौगोलिक रुपले कठिनाई तथा विभिन्न समस्यासग जुधेको विद्यालयमा आफुहरुले कोष स्थापना गर्दा खुसि लागेको र अन्य त्यस ठाउ जन्मे हुर्केर जुनै ठाउँमा भएपनि सवैलाई उक्त विद्यालयलाई सहयोग गर्न अर्यालले आग्रह गर्नुभयो ।

हस्तान्त्रण कार्यक्रममा विद्यार्थीका अभिवावक, विद्यालय व्यावस्थापन समितिका पदाधीकारी , नवलपुर सेवा समाजका प्रतिनिधी , शिक्षक र सन्चारकर्मिको उपस्थिती थियो । २०१६ मा स्थापना गरिएको नवलपुर सेवा समाजमा हाल कार्यसमितिका अध्यक्ष गोपाल प्रसाद पराजुली अध्यक्ष र राम प्रसाद ढकाल महासचिब रहनु भएको छ ।