📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

नवलपुरमा बस झ्यालबाट फाल हाल्दा २ जना घाइते

🕒 June 17, 2024 ✍ न्युज नेपाल संबाददाता

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ११ दमारमा गएराति बसका झ्यालबाट फाल हाल्दा २ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट महेन्द्रनगरका लागि छुटेको ना ८ ख ४२११ नम्बरको बसको दाहिने साइडको पछाडि पट्टीको टायर पड्कदा अतालिएर दुई जना यात्रु झ्यालबाट फाल हालेका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दार्चुलाका शैलेशशिखर गाउँपालिका १ बस्ने ४० बर्षीय सुरज कठायत र सल्यान कुमाड गाउँपालिका ३ निवासी ४० बर्षीय बलराम रावत घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको छ ।

घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।