नवलपुरमा खोलाले बगाएर १ जनाको मृत्यु, १ जना वेपत्ता – News Nepal Media
Trend

नवलपरासी । नवलपुरमा खोलाले बगाएर एक जनाको निधन भएको छ भने एक जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका वडा नं. ४ मदनपुर घर भएका ३५ वर्षका सूर्य परियारको आज खोलाले बगाएर निधन भएको हो ।

मध्यबिन्दु १ पतवारी स्थित उल्टि खोला तर्ने क्रममा खोलाले बगाएका परियार उल्टी खोला र छुकछुके खोलाको दोभानमा घटना स्थलबाट ७ सय मिटर पर फेला परेका हुन् । त्यसैगरी नवलपुरको बौदीकाली गाउपालिका वडा नंं. १ खारा घर भएका ४८ वर्षका बिशाल कार्की खोलाले बगाएर वेपत्ता भएका छन् ।

आज दिउँसो गोरू सहित खेतमा काम गर्न जाने क्रममा बौदीकाली १ को बौदी खोला तर्ने क्रममा सोही खोलाले बगाई बेपत्ता भएका हुन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । रामकुमार श्रेष्ठ –

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा


TOP