बुधबार , साउन १५, २०८२
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय – News Nepal Media
Trend

गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा चिनिँदै आएको बागलुङ कालिका मन्दिरको पहिचान, प्रचार–प्रसार र पुरातात्विक वस्तुको संरक्षण गर्नका लागि सङ्ग्रहालय निर्माण थालिएको छ ।

कालिका मन्दिर भगवती मन्दिरको प्रवेशद्वारमा दुईतले सङ्ग्रहालय भवन निर्माण थालिएको छ । कालिका मन्दिरसँग जोडिएको पुरातात्विक वस्तु, कालिका मन्दिरको इतिहासलगायतका जानकारी सङ्ग्रहालयमा राखिने छ । सङ्ग्रहालय निर्माणपश्चात कालिका मन्दिर चिनाउन थप सहज हुने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

“सङ्घीय सरकारको योजनामा सङ्ग्रहालय बन्नका लागि शनिबार शिलान्यस गरेका छौँ, कालिका मन्दिरको पहिचान, मन्दिरको थप रोचक पक्षलाई उजागर गर्न सङ्ग्रहालय अवलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “मन्दिरको मेला र निर्वाचनका कारण निर्माण गर्न केही ढिलाइ भएको हो, जतिसक्दो छिटो सङ्ग्रहालय तयार हुनेछ ।” शनिबार बागलुङ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले सङ्ग्रहालयको शिलान्यास गर्नुभएको छ ।

दुई तलाको पक्की भवन निर्माणपश्चात यसलाई सङ्ग्रहालयका रूपमा अगाडि बढाइने छ । सङ्ग्रहालय भवन निर्माण गर्न सङ्घीय सरकारअन्तर्गत सघन तथा भवन डिभिजन कार्यालय बागलुङले रु ९० लाख विनियोजन गरेकामा रु ६१ लाखमा ठेक्का सम्झौता भएको छ । ठेक्का मिति यही असारसम्म रहेको छ । माछापुच्छ्रे निर्माण सेवाले उक्त भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि कलाधर आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न


TOP