📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

‘शिक्षा र स्वास्थ्य सबल भएमात्रै राष्ट्रको विकास’

🕒 May 26, 2022

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्द बोहराले शिक्षा र स्वस्थ्य क्षेत्र सबल भए मात्रै राष्ट्रको विकास हुने बताउनुभएको छ । उहाँले आज कैलालीको टीकापुर अस्पतालको अनुगमनका क्रममा अबको बजेट शिक्षा र स्वस्थ्यमा केन्द्रित हुनुपर्ने बताउँदै त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले केही परिमार्जन गर्नेगरी छलफल सुरु गरेको बताउनुभयो ।

“शिक्षा र स्वस्थ्यमा एक दिन मात्रै ढिलो भयो भने त्यसबाट ठूलो क्षति हुनसक्छ, त्यसैले पनि प्रदेश सरकारको नीति तथा कार्यक्रममा शिक्षा र स्वस्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछौँ”, मन्त्री बोहराले भन्नुभयो । उहाँले धनगढीको सेती प्रादेशिक अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल र टीकापुर अस्पताललाई विशेष प्राथमिकतामा राखेको बताउँदै आवश्यक बजेटको व्यवस्थापन गरिने बताउनुभयो ।

मन्त्री बोहराले प्रदेशका अधिकांश अस्पतालमा भएका स्वस्थ्य उपकरणलाई प्रयोगमा ल्याउने जनशक्ति नभएकाले प्रदेश सरकारले तत्काल यसबारे ध्यान दिने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको स्वास्थ्य क्षेत्रमा जनशक्तिको निकै अभाव छ, अब जनशक्ति उत्पादनमा प्रदेश सरकारले ध्यान दिन्छ ।”